मित्रता बहुउद्देश्यीय सहकारीमा मोक्तान


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७८ मा प्रकाशित



पोखरा । मित्रता बहुउद्देश्यीय सहकारी संस्थामा जयन्ती मोक्तानको अध्यक्षतामा ११ जनाको सञ्चालक समिति सर्वसम्मत चयान भएको छ ।

शनिबार सम्पन्न संस्थाको प्रारम्भिक साधारण सभाले उपाध्यक्षमा पूर्णकुमार श्रेष्ठ, सचिवमा नविन श्रेष्ठ, कोषाध्यक्षमा बुद्धिराम भट्टराईलाई चयन गरेको हो ।

यस्तै सहकारीको सञ्चलकमा सुनिलकुमार ठाकुर, सुशिला केसी, चुननारायण श्रेष्ठ, शिव थापा, चन्द्रावती श्रेष्ठ, सञ्जय शर्मा, स्वेयता श्रेष्ठ चयन भएको निर्वाचन संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

साधरण सभाले लेखा सुपरिवेक्षण संयोजक रुद्र गिरी र सदस्यहरुमा रुबि रञ्जीत र शिवकुमार श्रेष्ठ चयन गरेको छ ।

यसअघि कार्यक्रमको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिारीले कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रममा पोखरा महानगरपालिकाका सहकारी संघका अध्यक्ष बलराम गौतम, संस्थाका सल्लाहाकार तथा यूनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ, पोखरा महानगरपालिका सहकारी शाखा अधिकृत अनिल न्यौपाने लगायतले बोलेका थिए ।

कार्यक्रममा उत्कृष्ट शेयर संकलककर्ता सञ्जय शर्मा तथा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । साधारण सभाले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन अनुमोदन गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।