सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७८ मा प्रकाशित



काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले बढेर रु. ९३ हजार ९०० तोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला रु. ९३ हजार ७००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९३ हजार ४०० कायमभएको छ जसको मूल्य आइतबार प्रतितोला रु. ९३ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. १० ले बढेर रु. एक हजार २७० पुगेकोे महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु. एक हजार २६० मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।