फेवातालमा फुटट्रयाक बनाउनु पर्छ : मन्त्री बराल


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७८ मा प्रकाशित




पोखरा ७, मंसिर

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरामा पर्यटकको बसाई लम्बाउन फेवाताल किनारमा फुटट्याक आवश्यक भएको बताएका छन् । पोखरा २२ स्थित तालपारी अनदु गुरुङ समाजको सोमबार अनदुमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री बरालले पोखरामा आउने पर्यटकको बसाई अवधि लम्बाउन फेवातालको किनार क्षेत्रमा फुटट्याक निर्माण गर्न आवश्यक भएको बताएका हुन् ।

फेवातालबाट नजिक भएर पनि पोखरा २२ माथिल्लो तथा तल्लो अनदु क्षेत्र सहितका स्थानियहरु अझै विकासको पूर्वाधारको हिसावले पछि परेकोले ताल वरीपरीको क्षेत्रको विकाससंगै पर्यटकको बसाई लम्बाउन पनि फुटट्याक बनाउदा धेरैलाई फाइदा पुग्ने मन्त्री बरालको भनाई थियो । स्थानियलाई ऐतिहासिक पुरात्तात्विक बस्तुहरुको संरक्षण गरी आफ्नो थाकथलो नछाड्न आग्रह गर्दै मन्त्री बरालले आवश्यक पूर्वाधार निर्माण गर्न सडक, गोरेटो बाटो निर्माण गर्न पहल गर्ने बचन दिए । उनले भने, पहिला मैले घाँस काटेको, दुध बोकेको ठाँउ यही हो, यो स्वर्ग जस्तो ठाँउ छाडेर तपाईहरु कत्ति बिचलित नहुनुहोस । विकासको आवश्यक पूर्वाधार निर्माणमा हामीले केही न केही गर्छौं । ”

नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले माओबादीको नेतृत्व बिना देशमा आर्थिक विकास समृद्धि हासिल गर्न नसकिने ठोकुवा गरे । माओबादीसंग विचार र भिजन भएकोले माओबादी नेतृत्वलाई अब सवै पार्टीले साथ र सहयोग गर्न समेत उनले आग्रह गरे ।

पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालले कोरोनाले गर्दा अनदु क्षेत्रमा बजेट ब्यबस्थापन गर्न नसकिएको बताए । उनले फेवातालको ३० देखि ३५ मिटरको मापदण्ड कायम गर्न माग्रह गरे ।
माओवादी केन्द्र पोखरा २२ का ईन्चार्ज त्रिभुवन पौडेलले आगामी असार महिना भित्र अनदु क्षेत्रमा पिच सडक निर्माण गरी छाड्ने घोषणा गरे । माओवादी केन्द्र पोखरा २२ का वडा कमिटी अध्यक्ष नवराज बरालले भारतको नैनिताल जस्तै गरि फेवाताल वरिपरि क्षेत्रमा विकास गर्नुपर्ने बताए ।

अनदु टोल बिकास संस्थाका अध्यक्ष दिपेन्द्र गुरूङले पयटकिय सम्भावना भएको यस क्षेत्रमा शहर जोड्ने सडक संजालको अभाव भएको गुनासो गरे । पोखरा महानगरपालिका वडा २२ का सदस्य मात्रिका प्रसाद बरालले अनदु क्षेत्रमा सडक बाटो पहिलो आवश्यक भएको बताए । संस्थाका अध्यक्ष प्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानिय आमा समुहले मन्त्री बराललाई स्वागत तथा सम्मान समेत गरेको सचिव चम बहादुर गुरुङले बताए ।

यसैबिच मन्त्री बरालले अनदु आधारभूत बिद्यालयको अवलोकन तथा निरिक्षण समेत गरेका छन् । उक्त बिद्यालय हाल निकै जिर्ण अबस्थामा रहेको बिद्यालयका प्रध्यानाध्यापक भवीनाथ बरालले जानकारी गराए । बिद्यालयमा हाल १७ जना बिद्यार्थाीहरु रहेकोछन भने २ शिक्षक सहित ३ जना कर्मचारी रहेका छन्। त्यस्तै स्थानियहरुले उक्त क्षेत्रमा सामुहिक माछा पालन गर्ने तयारी गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।