आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

- महिला हिंसा अन्तका लागि सुन्तला रंगको प्रतिक प्रयोग गर्दै यस वर्ष विश्व समुदायले विश्वलाई ‘सुन्तला रंगमा रंगेर महिला हिंसालाई अन्त गरौँ’ भन्ने बिम्बको प्रयोग गरेको छ। नेपालमा पनि यस वर्ष ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित २५ नोभेम्वरदेखि १० डिसेम्वरको १६ दिनसम्म यो दिवस मनाइँदै छ


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०७८ मा प्रकाशित



आज नोभेम्बर २५ तारिक अर्थात अर्थात महिला हिंसा अन्त्य दिवस।

लैङ्गिक हिंसा विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गरी हरेक वर्षको २५ नोभेम्वरदेखि १० डिसेम्वरको १६ दिनसम्म यो दिवस मनाइन्छ।

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको थियो।

सन् २०२१ को यस दिवसको संस्करणको नारा चाँही संयुक्त राष्ट्रसंघले अलिक बेग्लै तय गरेको छ। महिला हिंसा अन्तका लागि सुन्तला रंगको प्रतिक प्रयोग गर्दै यस वर्ष विश्व समुदायले विश्वलाई ‘सुन्तला रंगमा रंगेर महिला हिंसालाई अन्त गरौँ’ भन्ने बिम्बको प्रयोग गरेको छ।
नेपालमा पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज (बिहीबार)देखि सुरु हुँदैछ।

यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने तय गरेको गरिएको छ। संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।

महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न र परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थाहरुमा महिलाहरुको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तिकरणलाई तीव्रता गराउन यो अभियान हुने गरेको छ। तर, हरेक वर्ष अभियान संचालन भएपनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन।

बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन्। यसैबीच, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले समानतामा आधारित, न्यायपूर्ण, सभ्य र सम्मुनत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन शुभकामना दिएकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले अभियानले हामी सबैलाई कुरीति, पछौटेपन, अशिक्षा, अन्धविश्वास र कतिपय हानिकारक अभ्यासका कारण समाजमा देखिने लैङ्गिक हिंसाको पूर्णरुपमा अन्त्य गर्न थप ऊर्जा मिलोस् भन्ने कामना गरेका छन् ।

प्रधानमन्त्री देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यक पर्ने उल्लेख समेत गरेका छन् ।

देशव्यापीरुपमा लैङ्गिक हिसाविरुद्धको अभियानमा अग्रसर भई हिंसा न्यूनीकरणमा योगदान पु¥याउने राजनीतिकर्मी, नागरिक समाज, राष्ट्रिय अन्तर्राष्ट्रिय सरकार तथा गैरसरकारी संघसंस्थालगायत सरोकारवाला संपूर्ण निकायको समन्वयमा सुरक्षित तरिकाले विभिन्न कार्यक्रम आ–आफ्नो स्थानबाट अभियानका रुपमा संचालन गरिने उनले बताएका छन्।

प्रधानमन्त्रीले अभियानमा मुलुकभर विभिन्न तह र निकायबाट संचालन हुने क्रियाकलापले लैङ्गिक हिंसारहित सभ्य र समतामूलक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छन्।

लैङ्गिक हिंसाको अन्त्य गर्न, हिंसापीडित तथा प्रभावितको मानवाधिकारको संरक्षण र संवद्र्धनका लागि संवेदनशील हुुनुका साथै लैङ्गिक हिंसा अन्त्य गर्ने सरकारको यस अभियानमा सबैको प्रतिबद्धता र ऐक्यबद्धताका निम्ति प्रधानमन्त्री देउवाले आग्रह गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।