आज शनिवार सूर्यग्रहण लाग्ने भएको छ । आजको सूर्यग्रहणलाई अंग्रेजी वर्षको अन्तिम सूर्यग्रहण मानिएको छ ।
बिहान १०ः५९ बजेदेखि दिउँसो ३ः०७ बजेसम्म सूर्यग्रहण लाग्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार नेपाल लगायत दक्षिण एसियाली देशहरुबाट सूर्यग्रहण देखिदैन।
यो सूर्यग्रहण पृथ्वीको दक्षिणी गोलार्धका विभिन्न ठाउँबाट देखिने छ।
नेपाल पृथ्वीको दक्षिणी गोलार्धमा नभएकाले यो सूर्यग्रहण नेपालबाट नदेखिने भएको हो।
अस्ट्रेलिया, दक्षिण अफ्रिका, लेसेथो, नामिबिया, चिली, न्युजिल्यान्ड, दक्षिण अमेरिका र अन्टार्कटिकामा सूर्यग्रहण देखिने संचार माध्यमहरुले बताएको छ।
जब चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आउँछ, तब सूर्यग्रहण हुन्छ । चन्द्रमाले पृथ्वीबाट देखिने ग्रहणलाई पूर्णरुपमा वा आधा वा केही अंश मात्र पनि छोपेको हुनसक्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







