आम मानिस मन्दिरमा पूजा अर्चना गर्न जान्छन् । मन्दिर जानेले भगवानको दर्शन त गर्छन् नै । त्यसका अलावा केहि न केहि चढाईरहेकै हुन्छ । कसैले फुल चढाउँछन् त कसैले पैसा । तर नवलपरासीमा भने अनौठो भएको छ ।
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको निलकण्ठ आचार्यको मुक्तिनाथ ज्योतिक केन्द्र मन्दिरमा भने चोरी भएको छ । मन्दिरको सतलमा राखिएको भगवान कृष्णको मुर्ति र शिव लिङ्ग चोरी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चोरले चरेसको थाल, तामाको कलश, काँचको कचौरा, ४० काठको दानको पेटी २ थानपनि चोरेको प्रहरीले जारी गरेको सूचना वुलेटिनमा उल्लेख छ । प्रहरीका अनुसार करीब ९४ हजार ५ सय बराबरको चोरी भएको छ ।
चोरीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







