सराङकोट सहकारी द्वारा विद्यार्थीलाई पोशाक वितरण


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०७८ मा प्रकाशित




सराङकोट बहुउद्देश्यीय सहकारी को १५ औ बार्षिक उत्सवको अवसरमा सप्ताब्यापी कार्यक्रम गत शुक्रबार देखि सुरु भएको छ । संस्थाको स्थापना देखि रेडियो सराङकोटको प्रसारण सामाजिक उत्तरदायित्वका लागी बिविध सामाजिक शिक्षा , स्वास्थय वातवरण मैत्री सदस्य सेवा कार्यक्रमहरु गरिदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

संस्थाले बार्षिक उत्सवको अबसर पारी विधार्थीहरुलाई शैक्षिक पोशाक वितरण , रत्तदान , स्टार डाग्नोष्टिक सेन्टर को सहकार्यमा होलबोडी चेकअप र रगत परिक्षण गरिने भएको छ । सप्ताब्यापी कार्यक्रम अन्र्तगत पोखराको एलेन्जल विधालय लमाचौर , महेन्द्र मा.वि नवप्रभात मा.वि ,श्रीराम आधारभुत विधालय , शान्ता मा.वि का ३५ जना विधार्थीहरुका लाई पोशाक वितरण गरीएको छ ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापत्तित्वमा भएको कार्यक्रममा पुर्व अध्यक्ष प्रेम बहादुर जि.सी सल्लाहकार इन्द्र कमल मानन्धर कोषध्यक्ष राममणी पौडेल सहं सचिव माया कुमारी र्शमा ,जाल्पादेबी महिला उद्दार संस्थाकी अध्यक्ष राधिका थापा संचालक सदस्यहरु रमेश कुमार थापा, तारा देबी थापा , विकल पौडेल , शिक्षा समिति सदस्य श्यामकृष्ण थापा, बिनोद प्रसाद ढगोल लगायतले आफ्नो भनाई राखेका थिए । पोशाक बितरण कार्यक्रममा श्रीराम आधारभुत बिधालयका प्रधानध्यापक तिर्थराज न्यौपाने , शान्त मा.वि का विष्णु कुमार भट्राई लगायतले प्राप्त सहयोगले बिधार्थीलाइ प्रोत्साहित गरेको बताए ।

कक्षा ३ देखि नौ कक्षासम्मका विधार्थीहरु का लागी पोशाक न्यानो कपडा वितरण गरीएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।