युआरएल पत्रकारिता पुरस्कारबाट बास्तोला सम्मानित

- युआरएलले मनायो आठौं वार्षिकोत्सव


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०७८ मा प्रकाशित




युआरएल पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार हरिप्रसाद बास्तोला सम्मानित भएका छन् । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि९युआरएल०को आठौं वार्षिकोत्सवको अवसरमा बास्तोलालाई सो पुरस्बारट सम्मानित गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशकी स्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङसहित युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थ, पुरस्कार छनौट समितिका संयोजक दीपेन्द्र श्रेष्ठ, अफिन गण्डकी प्रदेश अध्यक्ष अशोक पालिखेलगायतले बास्तोलालाई सम्मान गरेका थिए । पुरस्कारको राशी नगद २० हजार र ताम्रपत्र छ ।

यसअघी नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक रहेको प्रतिभा छनोट समितिको निर्णय अनुसार बास्तोलालाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । समिति सदस्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वकुलपति प्राडा बुद्धिबहादुर थापा र सञ्चारिका समूह गण्डकी अध्यक्ष स्मीता अधिकारी थिए ।

विभिन्न संघ, संस्थाबाट पुरस्कृत एवं सम्मानित भइसकेका पत्रकार बास्तोला राष्ट्रिय समाचार समितिमा आवद्ध छन् ।

कार्यक्रममा स्वास्थ्यमन्त्री अधिकारीले गण्डकी प्रदेशलाई स्वास्थ्यको रोलमोडल बनाउनुपर्ने भन्दै त्यसका लागि युआरएलजस्ता स्वास्थ्य क्षेत्रका हस्तिहरुले हातेमालो गर्नुपर्ने बताईन् । उनले अब सबै किसिमका स्वास्थ्य समस्याको डाइग्नोसिस र उपचार पोखरामै हुनसक्ने बनाउनुपर्ने भन्दै त्यसका लागि नीजि क्षेत्रले सहयोग गर्नुपर्ने उनको भनाई थियो । उनले त्यसका लागि सरकारले के गर्नुपर्ने हो त्यो गर्ने बताईन् ।
स्वास्थ्य प्रयोगशालामा प्रदेशको अगुवाइ गरेको युआरएलले स्वास्थ्य सचेतनामा योगदान दिन पुरस्कार स्थापना र सञ्चालन गरेको युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए ।
कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक दीपेन्द्र श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति डा.बुद्धिबहादुर थापा, सिनेटर मीन गुरुङ, अफिन गण्डकी प्रदेश अध्यक्ष अशोक पालिखेलगायतले युआरएलले सबै किसिमको जाँच गर्नसक्ने प्रविधि थपेर पोखराबाट अन्यत्र नभई अन्यत्रबाट पोखरामा स्वास्थ्य जाँचका लागि आउने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।