पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले देश बनाउने जिम्मेवारी नया पुस्तालाई दिनुपर्ने बताएका छन् । मुक्तिनाथ कृषि कम्पनी प्रालि, क्षेत्रीय कार्यालय, कृषि प्रदर्शनी केन्द्र र कृषक परिचय पत्र वितरण कार्यक्रमको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले देश बनाउने जिम्मेवारी बुढा पुस्ताबाट सम्भव नभएको भन्दै त्यो जिम्मेवारी नया पुस्तालाई दिनुपर्ने बताएका हुन् । ‘हाम्रो पुस्ताले भत्कायो, जहाँनिया राणा शासन, पञ्चायतदेखि राजालाईसमेत ढालेर हामीले पुरानो संरचना भत्काउन योगदान गरेकै हौं, तर कसरी बनाउने ? त्यो हाम्रो पुगिराखेको छैन । हिजो भत्काउन प्राप्त गरेको श्रेष्ठता र ज्ञानमा नै अहंकार गरेर आजिवन कुर्सीमा बस्ने सोंच हामी राख्ने, नया पुस्तालेपनि प्रश्न नउठाउने र उल्टै त्यहि पुरानै पुस्ताको वरीपरी रहेर पद हासिल गर्ने सोंचले देश संकटमा परिरहेको छ’–उनले भने । उनले बुढा पुस्ताले अहिलेको डिजिटल जमाना अनुसार काम गर्न नसक्ने बताए । ‘प्रविधिले फड्को मा¥यो, हामी भने उहि पुरानै जमानाकाले नेतृत्व गरिराखेका छौं, नजानेपनि नेतृत्व लिन जानेको छैन नभन्ने प्रवृत्ति छ हामीमा । यसरी हुँदैन अब प्रविधियुक्त नया पुस्तालाई अगाडि बढाउनुपर्छ तबमात्र देशले पनि फड्को मार्छ’–उनले भने ।
डा.भट्टराईले नेपालमा उत्पादन महङ्गो हुने भएकाले छिमेकी देशको उत्पादनसँग प्रतिष्पर्धा गर्न कठीन भएको बताए । उनले भने,‘छिमेकी देशहरु ठूलठूला छन्, उनीहरुसँग प्रविधि छ र ठूलठूलो लगानीपनि गर्न सक्छन् । तर हाम्रो पुँजीपनि थोरै छ, प्रविधिको प्रयोगपनि अत्यन्त न्यून छ । जसका कारण उत्पादन महङ्गो हुन्छ । यस्तो परिस्थितिमा नेपालले प्रतिष्पर्धा गर्न कठीन छ ।’ उनले प्रतिष्पर्धी बजारमा खरो उत्रिनका लागि राज्यले कृषिमा अनुदान बढाउनुपर्ने बताए । कम्युनिष्ट र कांग्रेसको अर्थ नीति नै गलत भएको बताउँदै उनले भने,‘एउटाले राज्यले सबै हेर्नुपर्छ भन्छ, अर्कोले अर्थतन्त्रलाई खुल्ला छाडेर स्वचालित रुपमा चल्न दिनुपर्छ भन्छ । यो नीति नै गलत हो । यसलाई फ्यूजन गरेर लानुपर्छ ।’ उनले समृद्धिको आधार कृषि, उद्योग र सेवा नै भएको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले प्रदेश सरकारले उत्पादन बृद्धिमा जोड दिएको बताए । उनले उत्पादनमा लागेकालाई सरकारले सहयोग गर्नेसमेत उनले जानकारी दिए ।
मुक्तिनाथ कृषि कम्पनीले कृषि सम्बन्धी बिउ, मल, औजार, प्रविधिलगायतको उत्पादन र खरिद बिक्री गर्ने जनाइएको छ । पोखराको नागढुंगामा क्षेत्रीय कार्यालय रहेको यस कम्पनीले प्रदेशका पालिका पालिकामा पु¥याएर कृषकलाई सेवा दिने कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले जानकारी दिए । कृषि बैंक उपमा दिइएको यस कम्पनीले कृषकसँग कच्चा पदार्थ खरिद गरेर त्यसलाई उत्पादनमार्फत पुनः कृषकलाई नै बिक्री गर्ने उनको भनाई छ ।
कम्पनीमा हाल ४० करोड लगानी रहेको जनाइएको छ । जसमा मुक्तिनाथ विकास बैंकको ६० प्रतिशत लगानी रहेको छ भने बाँकी रकम ६२ जना व्यवसायीले ४० प्रतिशत लगानी गरेको कार्यकारी अध्यक्ष ढकालले बताए । उनका अनुसार १० प्रतिशत भने सर्वसाधारणलाई लगानी गर्न दिइने छ । त्यसका लागि कम्पनीले आईपिओ जारी गर्ने उनले बताए ।
कम्पनीका सचिव तथा बरिष्ठ प्रबन्धक रामशरण तिमिल्सिनाले कृषि अर्थतन्त्रमा टेवा पु¥याउने उद्धेश्यले खुलेको यस कम्पनीले विदेशबाट फर्केका युवा तथा स्वदेशमै भएपनि बेरोजगार भएका युवाहरुलाई प्राथमिकतामा राखेर रोजगार र स्वरोजगार बनाउने लक्ष्य लिएको स्पष्ट पारे । उनले कृषकलाई राज्यले तोकेको मापदण्डका आधारमा कृषक परिचय पत्र दिएको र त्यसका आधारमा सहुलियत दिने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







