दर्शन बचत तथा ऋण सहकारी संस्थाको एघारौं साधारणसभा सम्पन्न


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७८ मा प्रकाशित




पोखरा । दर्शन सहकारी तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।


साधारणसभाको कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालले उद्घाटन गरे । शेयर सदस्यहरुले अन्त बैंक वा सहकारीमा नगई आफ्नै सहकारीबाट कारोबार गर्नुपर्नेमा जोड दिए ।


बरालले अब हरेक सहकारीले कहाँ पुग्ने र कहिले पुग्ने भन्ने निश्चित गर्न आवश्यक रहेको भन्दै नयाँ ऐन अनुसार बिनियम संसोधन गरेर अगाडि बढ्न जरुरी रहेको बताए । साथै उनले शेयरपुँजी र जगेडाकोष बढाउनु पर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा ठकुरी महासंघका कार्यबाहक अध्यक्ष तथा दर्शन सहकारी तथा ऋण सहकारीका सस्ंथापक अध्यक्ष खिम बहादुर शाही ठकुरीले छरिएर रहेको पुजिलाई एकिकृत गर्दै लैजाने सोचले सहकारीको स्थापना गरिएको बताए ।


साधारणसभामा नेपाल ठकुरी संगम परिवार कास्कीको अध्यक्ष शेर बहादुर उच्चै, नेपाल ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमाल, सल्लाहकार खड्ग बहादुर शाही लगायतले बोलेका थिए ।


साधारण सभामा सहकारीका जेष्ठ शेयर सदस्यहरु शेभित बहादुर मल्ल, फम बहादुर शाही र लोक बहादुर मल्ल, असल बचतकर्ता शोभा कुमारी मल्ल, असल कारोबारी पदम बहादुर सिंह, असल सहकारी अभियन्ता शर्मिला शाही र सहकारीका असल कर्मचारी तर्फ रुपा थापा मल्ललाई सम्मान गरिएको थियो ।


सहकारीका अध्यक्ष बिष्णु कुमारी उच्चैको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष राजाराम शाहीले कार्यक्रम सञ्चालन सहकारीका सचिब फम सिंहले गरेका थिए ।


साधारणसभाले अध्यक्ष बिष्णु कुमारी उच्चैले प्रस्तुत गरेको अध्यक्षको प्रतिबेदन, लेखा समितीका संयोजक पद्मा मल्ल शाहीले पेस गरेको लेखा समीतिको प्रतिबेदन र कोषाध्यक्ष लक्ष्मण मल्लले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । सहकारीमा २ सय ३४ जना सेयर सदस्य रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।