सराङ्कोट सहकारीको रक्तदानमा १०५ युनिट रगत संकलन


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७८ मा प्रकाशित




सराङकोट बहुउद्देश्यीय सहकारीको १५ औ बार्षिक उत्सवकोअवसरमा रक्तदान तथा रगत परीक्षण कार्यक्रममा १०५ प्वाइन्ट रगत सङक्लन सहित ३५० जनाले रक्त परीक्षण गरेका छन् । स्टार डाइग्नोष्टीक सेन्टरको प्राविधिक सहयोगमा रगतपरिक्षणबाट हुने सम्पुर्ण रोगहरुको परिक्षण गरिएको थियो । संस्था स्थापना देखि रेडियो सराङकोटको प्रशारण सहित आर्थिककारोवार ,सामाजिक कार्यहरु गर्दै आएको छ ।

संस्थाले यसबर्ष शिक्षा र स्वास्थय संग सहकारी भन्ने उद्देश्य सहित पोखराका ६ वटा विधालयका ४२ जना बिधार्थीलाइपोषाक वितरण गरीएको थियो ।

रत्तदनल कार्यक्रमको शुभारम्भ कोषाध्यक्ष राममणि पौडेल, संचालक बुद्ध गुभाजु र महिला सदस्य सान्तवना पराजुली लाईब्लडब्याक हस्तानतरण गरी कार्यक्रमको शुरु गरीएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष सावित्रा कोइरालालेसहकारी मार्फत हुने हरेक कार्यक्रमहरुले समाजमा महत्वपूर्णभुमिका खेलेको बताइन ।

स्वतन्त्रपत्रकार महासंघका केन्द्रीय संस्थापक अध्यक्ष कृष्णप्रसाद वास्तोलाले आम संचार को भुमिकामा रेडियो सराङकोटकोयोगदान सम्मान योग्य रहेको बताए ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा को सभापत्तित्वमा भएकोकार्यक्रममा पुर्व अध्यक्ष प्रेम बहादुर जि।सी डा लक्ष्मण बास्तोला, संस्थाका सलाहकार डा। इन्द्र मान मर्हजन , इन्द्र कमल मानन्धर , मेडिप्लस हस्पीटलका अध्यक्ष रमेश कुमार थापा , जाल्पादेबीमहिला उद्दार समुहका अध्यक्ष राधिका थापा ,सुविधा बचत तथाऋण सहकारी का सचिव राजु पौडेल,पत्रकार महासंघका पूर्वकेन्दीय सदस्य रामकृष्ण ज्ञवाली , सृजना विकास केन्द्रकाअध्यक्ष इन्द्र पौडेल, क्षत्रीय रत्त संचार केन्द्रका प्रमुख अर्जुनज्ञवाली , रेडियो सराङकोट का निर्देशक शिव बहादुर थापासंघममार्ग टोल संस्थाका पूर्व अध्यक्ष चिन्तामणि बास्तोला,संथाका उपाध्यक्ष बसन्त बहादुर बानिया , सचिव कुल प्रशादसुवेदी , कार्यक्रम संयोजक माया कुमारी शर्मा ,ब्यस्थापक सुरेन्दथापा , रेडियो का ब्यस्थापक योगेन्द्र श्रेष्ठ, आकस्मीक रत्तदातासमुहका ब्यवस्थापक नेत्र ढकाल ,लगायतले आफ्नो भनाईराखेका थिए ।

कार्यक्रममा संस्थाका शेयर सदस्य , परिवार र कर्मचारी कोस्वास्थय सेवा छुटका लागी मेडीप्लस हस्पीटल एण्ड ट्रमा सेन्टर रस्टार डाइग्नोष्टीक सेन्टर संग सम्झौता आदान प्रदान गरीएको थियो । सम्झौता अनुसार दुबै स्वास्थ्य संस्थाबाट दिईने सेवामा ५० प्रतिशत सम्म छुट दिने उल्लेखरहेको छ ।

संस्थाबाट १० वटा अन्य ब्यवसायीक संस्थाहरुसग पनि छुट सम्झौता गरेको छ । सो छुट कार्ड जेष्ठ संचालक सदस्य आरती श्रेष्ठ , दामोदर शर्मा र समचार प्रमुख कमल पौडेल अथक लाई वितरण गरी कार्डको शुभारम्भ गरीएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।