अमरसिंह कृषि सहकारीको अध्यक्षमा पुनः घिमिरे


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७८ मा प्रकाशित




पोखरा, मंसिर २५

अमरसिंह कृषि सहकारीको अध्यक्षमा गोविन्दप्रसाद घिमिरे पुनः दोहोरिएका छन् । सहकारीको शनिबार सम्पन्न सातौं साधारण सभा तथा तेश्रो चौथो अधिवेशनले घिमिरेको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा राजेन्द्रराज बस्ताकोटी र सदस्यहरुमा विश्वराज घिमिरे, माधवराज घिमिरे, चन्द्राकुमारी पराजुली, रामचन्द्र अधिकारी र किर्तीमान गुरुङ चयन भएका छन् ।

अधिवेशनले लेखा संयोजकमा रामबाबु घिमिरे र सदस्यहरुमा सुष्मा आचार्य र सन्तोषी अधिकारी बस्ताकोटीलाई चयन गरेको सदस्य चन्द्राकुमारी पराजुलीले जानकारी दिईन् ।

अधिवेशनको गण्डकी प्रदेशका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बुढाले सहकारी ऐन सहकारी मैत्री नभएकाले यसलाई सच्याएर लैजाने प्रयासमा प्रदेश सरकार रहेको बताए । उनले सहकारीहरु ऋण र बचतमा मात्र सिमित नभई सहकारी समृद्धिको बाहक र सरकारको सारथी बन्नुपर्ने बताए ।

कार्यक्रममा सहकारीका उत्कृष्ट कर्मचारी, ज्येष्ठ सदस्य, सहकारी सदस्यका उत्कृष्ट अंक ल्याउने छोराछोरीलगायतलाई सम्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।