पोखरा । पोखरा २२ चिसापानीमा रहेको चिसापानी प्रगतिशिल कृषि सहकारीको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.२२ का वडा अध्यक्ष मित्रलाल बरालले कार्यक्रमको उद्घाटन गर्दै विश्वमै सहकारीले सिमान्तकृत जनताको जिवनस्तर उकास्ने लक्ष्यका साथ सुरुवात भएको बताउँदै सहकारीहरु उत्पादन मुखी हुनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज बराल, सितल बचत तथा ऋण सहकारीका अध्यक्ष ईश्वरी लम्साल, छिनेडाँडा कृषी सहकारीका अध्यक्ष ओमनाथ सुवेदी, संस्थापक अध्यक्ष कमल बहादुर रेग्मी लगाएतले सहकारीले नाम जस्तै कृषिको क्षेत्रमा प्रगतिशील रूपमा काम गर्दै आएको बताए ।
सभाले सहकारीका अध्यक्ष मिनबहादुर बास्तोलाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिबेदन, कोषाध्यक्ष दिपेन्द्र राज पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक निल बहादुर केसीले लेखा समितिको प्रतिबेदन पारित गरेको छ ।
कार्यक्रममा आर्थिक कारोबार नियमित गर्ने काली गिरी, विद्यार्थीहरु अस्मिता पोख्रेल र अनुभव बास्तोला, उत्कृष्ट कारोबार कर्ता नन्दकली पौडेल, पशुपालन व्यवसायी सीता पौडेल, सहकारीबाट ऋण लिई कृषि व्यवसायबाट राम्रो आय गरेकी इन्दिरा थापा बास्तोला लगाएतलाई पुरस्कृत गरिएको थियोे ।
संस्थाका अध्यक्ष मिनबहादुर बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसचिव तिलबहादुर आचार्यले र संचालन सचीव प्रेमराज पौडेलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







