बजेट कार्यान्वयन गर्न नसक्ने भए सरेण्डर गर्न अर्थमन्त्री बरालको चेतावनी


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले समयमै बजेट कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले मंगलबार गोरखामा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवम् छलफल कार्यक्रममा बोल्दै मन्त्री बरालले कुनै बाहनाबाजी नगरी समयमै बजेट कार्यान्वयन हुने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन ििदएका हुन् ।

दोश्रो चौमासिक भित्र पनि कार्यक्रम कार्यान्वयनमा जान सक्ने अबस्था नभएमा तत्काल सरेण्डर (आत्मसमर्पण) गर्न मन्त्री बरालले निर्देशन दिए । अधिकांश मन्त्रालयबाट बजेट माग भए पछि मन्त्री बरालले प्राप्त बजेटलाई सिमित श्रोत साधनको प्रयोग गरी कार्यान्वयन गर्न आग्रह गरे । गोरखाका प्रादेशिक कार्यालयहरुलाई पुरस्कृत हुने गरी काम गर्न उनको आग्रह थियो । कार्यक्रममा बोल्दै मन्त्री बरालले अघिल्लो बर्षको तुलनामा यस बर्ष करिब ५ अर्ब कम बजेट विनियोजन भएकोले प्राप्त बजेटलाई प्रभावकारी ढंगले कार्यान्वन गर्नूपर्ने बताए ।

गण्डकी प्रदेशका पूर्व मन्त्री लेखबहादुर थापा मगरले दोश्रो चौमासिकसम्म कार्यान्वयन सुरु नभएका योजनाहरु रद्ध गर्न सुझाव दिए । उनले जिल्लामा राजश्व संकलन गर्न धेरै क्षेत्रहरु छुटेको तथा उठ्नुपर्ने राजश्व कम उठेकोले अनुगमन आवश्यक भएको बताए ।

अर्थ मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आ–आफ्नो मन्त्रालय अन्र्तगत कार्यालयहरुले आवश्यक बजेट माग गर्न सुझाव दिए । गोर्खा जिल्लाबाट करिब ६० करोड बढी बजेट माग भएको उनले बताए । बजेट कार्यान्वयनको अबस्था बुझि कठिनाई भएको अवस्थामा सहजीकरण गर्ने र आगामी बजेट निर्माणमा सुधार गर्नुपर्ने कुराको पृष्ठपोषणको लागि पनि जिल्लागत रुपमा छलफल गरिएको सचिव अर्यालले जानकारी दिए ।

कोष तथा लेखा नियन्त्रक कार्यालय गोर्खाका प्रमुख महेन्द्र प्रसाद भण्डारीले यही मंसिर २७ गतेसम्म प्रदेश अन्र्तगत बजेट कार्यान्वय पूंजिगत तर्फ १७.२८ प्रतिशत बजेट खर्च भएको रिपोर्टिङ गरे उनले
गोर्खामा चालु आ.व.मा १ अर्ब ८३ लाख बजेट विनियोजन भएको उल्लेख गरे ।

जिल्ला समन्वय समिति गोर्खाका जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलले स्थानिय सरकारलाई जवाहदेही बनाउनु पर्ने बताए । अनुगमन तथा मुल्याङकन शाखा कर्मचारी विहीन भएको उनको गुनासो थियो ।

पुर्वाधार विकास कार्यालय गोर्खाका प्रमुख ओमराज ढुंगानाले यस बर्ष दायित्व सृजना हुदा ५ करोड २८ लाख आवश्यक भएको बताए । उनले पर्याप्त बजेट अभावले गर्दा यस बर्ष करिब १३ योजना नै प्रभावित हुने उल्लेख गरे ।

स्वास्थ्य कार्यालय गोर्खाका निमिक्त प्रमुख विद्या तामाङले गोर्खाको विकट क्षेत्र चुमनुब्रि र धार्चेमा ४५ जनाको दरवान्दी रहेकोमा हाल ७ जना मात्र रहेको गुनासो गरे । आउदो पुष महिना भित्र १८ बर्ष माथिका व्यक्तिहरुमा ९४ प्रतिशत कोरोना बिरुद्धको खोपको पहुच पुग्ने तामाङले दाबी गरे ।

सामाजिक विकास कार्यालयका प्रमुख दीपेन्द्र परियारले दरवन्दी अनुसार कर्मचारी पदपुर्ति गरी काम गर्ने वातावरण सृजना गर्न माग गरे । एक लाखका योजनालाई कार्यान्वयमा लैजान कठिन हुने उनले बताए ।

जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय गोर्खाका प्रमुख प्रकाश लम्सालले आगामी बर्ष योजना अनुसारको कार्यक्रम ल्याउदा न्यूनतम २० प्रतिशत बजेट सुनिश्चित गर्न माग गरे । यस वर्ष थप ४ करोड बजेट आवश्यक भएको उनको भनाई थियो ।

कृषि ज्ञान केन्द्र गोर्खाका प्रमुख परशुराम अधिकारीले जनशक्ति अभाव, व्यबस्थित बजारीकरण, श्रम शक्ति अभाव, भौगोलिक कठिनाईका कारण योजना कार्यान्वयनमा कठिनाई भएको बताए । १३ जनाको दरवन्दीमा हाल ५ जना मात्र रहँदा काम गर्न अप्ठ्यारो भएको उनको भनाई थियो ।

गोर्खाका प्रमुख जिल्ला अधिकारी शंकरहरी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मन्त्रालयका उपसचिव वसन्तराज तिवारी, शाखा अधिकृत केशव सुवेदी लगायतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।