पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले बजारबाट ल्याएको खाद्य बस्तुले मात्र गाउँ गाउँमा संचालनमा रहेका होमस्टेलाई दिगो रुपमा संचालन गर्न नसकिने बताएका छन् ।
पोखरा २२ मा रहेको भुम्दी टुनार सामुदायिक होमस्टेको हालै निर्माण भएको बाटोको बुधबार एक समारोहका बिच उद्घाटन गर्दै मन्त्री बरालले होमस्टेको प्रबद्र्धन गर्न गाउँ गाउँमै खाद्य बस्तुहरु उत्पादन गर्नुपर्ने अन्यथा होमस्टेलाई दिगो रुपमा संचालन गर्न नसकिने बताएका हुन् ।
प्रकृति र संस्कृतिको धनि नेपाल र गण्डकी प्रदेशका गाउँ गाँउको आर्थिक विकास र समृद्धिको लागि होमस्टेले समेत थप सहयोग गर्ने हँुदा गाउँको विकासको लागि गाउँकै माटो सुहाउदो उत्पादनमा जोडदिनुपर्ने उनको भनाई थियो ।
गण्डकी प्रदेश सरकारले पर्यटनलाई विकासको पहिलो पूर्वाधारको रुपमा अघि सारेकोले उक्त अभियानलाई होमस्टेले थप टेवा पुग्ने मन्त्री बरालले बताए । होमस्टेलाई राम्रोसंगै संचालन गर्न सकेको खण्डमा शहर केन्द्रित भएकाहरुलाई पुनः गाउँ फर्क अभियानको रुपमा गाउँमा फर्काउन सकिने मन्त्री बरालको दाबी छ ।
पोखराको छोरेपाटन देखि शान्ति स्तुपा, लुकुन्स्वाँरा, भुम्दी, ढावा, उल्लेरी हुदै कुभिण्डेसम्मको सडक स्तरोउन्नतीमा समेत बिषेश ध्यान दिने मन्त्री बरालले बताउनु भयो ।
पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले मन्त्री बरालको बिषेश पहलमा पोखरा २२ मा चालु आर्थिक बर्षमा करिब साँढे दुई करोड बजेट विनियोजन भएको बताए । होमस्टे दिगो रुपमा संचालन गर्न अनुदानले मात्र नहुने उनले बताए । प्रकृति, संस्कृति र फलफुल तरकारीको खानीको रुपमा भुम्दी भुम्दी रहेको अध्यक्ष बरालको भनाई छ ।
सहकारीकर्मी एवं माओबादी केन्द्र पोखरा २२ का अध्यक्ष नवराज बरालले पुम्दीको साग तथा काक्रोले छुट्टै पहिचान बनाएको दाबी गरे । कृषिबाट पुम्दी भुम्दीको पर्यटन विकास गर्न सकिने उनले बताए ।
कालाभाङ सामुदायिक होम स्टेका अध्यक्ष प्रकाशचन्द्र गुरुङले कोभिड १९ ले होमस्टेलाई खासै प्रभाव नभएको दाबी गरे ।
कार्यक्रममा भुम्दी टुनार आमा समुहका अध्यक्ष राधा गुरुङ, कप्तान दीलकाजी गुरुङ लगायतले पुम्दी भुम्दीको विकट क्षेत्र भएकोले पुम्दीका केही व्यक्तिहरु विस्थापित भएकोले बाँकी रहेकालाई गाउँमै बस्ने वातावरण सृजना गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने गुनासो गरे ।
गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट १० लाख र संघिय सांसद एवं पूर्व युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माको संसद विकास कोषबाट ५ लाख, स्थानियको समेत सहभागितामा निर्माण भएको ढलान तथा सिढी बाटो हालै निर्माण भएको हो ।
होमस्टेका अध्यक्ष नानीमाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष धनमाया गुरुङ, सचिब शान्ति गुरुङ लगायतले बाेलेका थिए । ११ घरमा रहेको उक्त होमस्टेमा एकै रातमा एक सय जना पर्यटकहरुलाई व्यबस्थापन गर्न सकिने भएको अध्यक्ष गुरुङले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







