पोखरामा मन गुरुङ एटाएर फेसन नाइटको तयारी


     एभरेस्ट आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित




पोखरामा यहि पुसको २३ गते (शुक्रबार) मन गुरुङ एटाएर फेसन नाइट हुने भएको छ।

मिस नेपाल ईन्टरनेशनल २०१७ बिजेता तथा सुपर मोडल नीति शाह मुख्य आर्कषण रहने उक्त कार्यक्रममा पोखराका चर्चित १० जना मोडलहरुले ¥याम्प सेयर गर्नेछन्।

अंग्रेजी महिनाको जनवरी ७ मा हुने फेसन नाइटमा फेशन डिजाइनर मन गुरुङले निर्माण गरेका विभिन्न थरीका पोशाकहरुको विशेष प्रदर्शनी हुने आयोजक संस्था एसटी क्रियशन म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक सुरज थापाले बताए।

डेन्टल बिषयमा डिप्लोमा सकेर डेन्टल हाइजिनिस्टको रुपमा कार्यरत समेत रहेकी गुरुङले आफ्नो रुचीको बिषय फेसन डिजाइन भएकोले सन् २०१७ मा पोखराकै एक मात्र फेशन कलेज आइएफसी फेसन कलेजबाट डिप्लोमा ईन फेसन डिजाइनिङ कोर्स गरेकी छिन्। पोखरामा आयोजना हुने विभिन्न फेसन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा आफ्नो ड्रेसको कौशलता प्रदर्शन गरिसकेकी छ्न्।

कार्यक्रमबाट खर्च कटाएर बचेको रकमबाट पोखरामा रहेका फरक क्षमता भएका करिब २० जना बालबालिकाहरुलाई न्यानो कपडा बितरण गर्ने उद्देश्य रहेको कार्यक्रमका प्रमुख सल्लाहकार राम रानाभाटले जानकारी दिए।

पोखराको लेकसाइडस्थित कुटी रिसोर्टमा संचालन हुने कार्यक्रममा फेशन शोसँगै बिशेष साँगितिक प्रस्तुती रहने कार्यक्रम संयोजक सचिन रानाभाटले जानकारी गराए। करिब २ घण्टासम्म चल्ने उक्त कार्यक्रम टेलिभिजन र सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।