नाडाको पहिलो बैठक आज, पदाधिकारीसहित सदस्यहरू मनोनीत हुँदै


     एभरेस्ट आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित




नव निर्वाचित नेशनल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को पहिलो बैठ आज (बुधबार) बस्दैछ।

बैठकले नव निर्वाचित नाडाका लागि पदाधिकारी चयन गर्नेछ।

केन्द्रीय कार्यसमितिमा ३ जना सदस्य मनोनित हुनेछन् भने ७ वटा प्रदेशका लागि ७ जना सदस्य पनि मनोनीत हुनेछन्। १७ जना निर्वाचित र अन्य मनोनीत गरी २९ जनाको कार्यसमिति बन्ने र उनीहरूमध्येबाटै पदाधिकारी चयन हुनेछ। निवर्तमान अध्यक्ष पनि कार्यसमितिमा रहनेछन्।

हालै सम्पन्न नाडाको अधिवेशनबाट अध्यक्ष र १७ जना सदस्य निर्वाचित भएका छन्। निर्वाचित सदस्यहरूबाटै पदाधिकारी चयन हुने भएकाले सोही बैठकबाट पदाधिकारी चयन गरिने र सदस्यहरू मनोनयन पनि गरिने नवनिर्वाचित अध्यक्ष ध्रुव थापाले बताएका छन्।

बैठकमा नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको एलसी सम्बन्धी नयाँ व्यवस्थाले अटो मोबाइल व्यवसायमा पार्ने असरका विषयमा पनि छलफल गरिने थापाको भनाई छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।