छोरीको सम्झनामा बुबा आमाद्वारा अक्षयकोष स्थापना


     एभरेस्ट आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित




पोखरा, ७ पुस

गत वर्ष करेन्ट लागेर मृत्यु भएकी माछापुच्छ्रे ३ धितालकी अविश्री पौडेलको सम्झनामा अक्षय कोष स्थापना भएको छ । स्वर्गीय अविश्रीको नाममा उनका बुबा त्रिविक्रम पौडेल र आमा शिवकुमारी अधिकारीले सोमबार ५१ हजार रुपैयाँको अविश्री अक्षयकोष स्थापना गरेका हुन् ।

पोखरा ३१ बेगनासमा रहेको श्री आनन्द ज्योति माध्यमिक विद्यालयले संचालन गर्नेगरि उक्त अक्षयकोष स्थापना भएको विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले जानकारी दिए ।

कोषको ब्याजबाट आउने रकम आनन्द ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत २ जना विद्यार्थीलाई प्रदान गरिने गरेर अक्षय कोष स्थापना भएको विद्यालयले जनाएको छ । ब्याजको आधा रकम रहेक बर्ष कक्षा ५ बाट पास हुने एक जना उत्कृष्ट छात्रा र आधा रकम विद्यालयका सर्वोकृष्ट विद्यार्थीलाई प्रदान गरिने जनाईएको छ ।

सोही कार्यक्रममा स्वर्गीय आविश्रीका बुबाआमाले छोरीको सम्झनामा कक्षा ५ सम्मका ५० जना छात्र छात्रालाई शैक्षिक सामाग्री समेत प्रदान गरेको विद्यालयले जनाईएको छ । ११ वर्षिय आबिश्रीको गतबर्ष करेन्ट लागेर ज्यान गएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।