पोखरा, १० पुष ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १० छोम्रोङमा आयोजना हुने २० औं संस्करणको सेन्चुरी ल्होसार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।
सेन्चुरी युवा क्लबले तमु समुदायको महान् पर्व ल्होसारको अवसरमा (आईतबार) ११ गते देखि १४ गते सम्म सञ्चालन गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष मिकास गुरुङले बताए । उनका अनुसार पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित सञ्चालन हुने सो महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित विभिन्न खेलकुदका कार्यक्रम समावेश गरिएको छ ।
महोत्सवमा मुख्य आकर्षकको रुपमा पुरुष भलिबल प्रतियोगिता र बास्केटबल प्रतियोगिता आयोजना गरिएको क्लबका सल्लाहकार राजकुमार गुरुङले जानकारी दिए । गुरुङका अनुसार भलिबल तर्फ १२ टिम र बास्केटबल तर्फ १४ टिमले दर्ता गरिसकेको बताए । दुवै प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार प्राप्त गर्नेछन् । यसैगरी द्धित्तिय र तृतीय स्थान हाँसिल गर्ने टिमहरुले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित क्रमश १५ हजार र ८ हजारबाट पुरस्कृत हुनेछन् ।
मेलामा तमु समुदायको मौलिक खेलको रुपमा लिईने छेलो हान्ने प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता तथा मेच घुमाई प्रतियोगिता समावेश गरिएको सल्लाहकार गुरुङले बताए । उनले मेला अवधिभर बेलुकीपख स्थानीय क्लबद्वारा साँस्कृतिक नृत्य प्रस्तुत गरिने गुरुङले जानकारी दिए । सो मेलाको समुद्घाटन पूर्व युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्ने आयोजकले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सुनसरीको कप्तानगञ्जमा भएको घटनालाई लिएर प्रदर्शन हुन थालेपछि सप्तरीको राजविराज क्षेत्रमा कफ्र्यु…





