तनहुँ। लकडाउनको समस्यामा परेका तनहुँका एक युवक गाउँमा फर्किएर व्यावसायिक रुपमा कालिज पाल्न थालेका छन्। बन्दिपुर गाउँपालिका–४ लोहीपाखा निवासी सुनिलकुमार श्रेष्ठले गत वैशाख महिनादेखि कालिजपालन गरेका हुन् । आवश्यक भौतिक संरचना निर्माणलगायतका गरी करिब डेढ करोड लगानीमा श्रेष्ठले कालिज पाल्न थालेका हुन् ।
काठमाडौँमा बेकरी पसल सञ्चालन गरेका श्रेष्ठले कोरोनाको सङ्क्रमण फैलिएपछि लगाइएको निषेधाज्ञाले बाँच्न गाह्रो बनाएपछि गाउँ फर्किएर कृष्णको ज्ञान एकीकृत कृषि फार्म दर्ता गरी व्यवसाय सुरुआत गरेका हुन् । गाउँमा रहेको करिब नौ रोपनी बाँझो जग्गामा पोखराबाट प्रति चल्ला रु.आठ सयका दरले खरिद गरी दुई हजार चल्ला व्यवसाय सुरुआत गरेका श्रेष्ठले अहिले धमाधम बिक्री गर्न थालेका छन् । साना चल्ला हुँदा जोगाउँन कठिनाई भयो । केही चल्ला मरेको पनि उनले सुनाए, “केही बिक्री गरेर पनि अझै एक हजार ४०० कालिज फार्ममा रहेका छन् ।
भाले बिक्री गरिए पनि पोथी अण्डाको लागि राख्ने गरिएको छ । अहिले फार्ममा एक दिने चल्लादेखि एक महिनासम्मका कालिजको चल्ला रहेको छ । प्रति चल्ला रु. ४०० देखि ५०० सम्म बिक्री हुन्छ । कालिज पाल्ने किसानको लागि आवश्यक तालिमको पनि व्यवस्था रहेको श्रेष्ठले बताए । बस्ने घर, कम्पाउण्ड तारबार र फार्मसम्म जाने सडक निर्माणलगायतका भौतिक संरचना निर्माण गर्दा करिब रु. डेढ करोड लगानी भएको श्रेष्ठ बताउँछन् । करिब डेढ किलोको कालिज प्रति गोटा रु. तीन हजारमा बिक्री गर्ने गरिएको छ । उनले भने “कसैले भालेपोथी लैजाने चाहेमा रु सात हजारमा बिक्री गर्ने गरिएको छ । पालेको ६ महिनामा कालिज खान योग्य हुन्छ । फार्ममै कालिजको मासु, परिकार, खाना र खाजाकोसमेत व्यवस्था मिलाइएको छ ।
कालिज स्थानीयस्तरमै खपत हुने गरेकोले बिक्रीको कुनै समस्या नभएको श्रेष्ठ बताउँछन्। जिल्लाको आँबुखैरेनी, डुम्रे, बन्दिपुर र छिमेकी जिल्ला गोरखामा बिक्री हुर्दै आएको उनले बताए । कालिज फार्म सुरु गरेदेखि घरका बुबाआमा, श्रीमती र आफू गरी सबै जनाले रोजगारी पाएको उनी बताउँछन् । लकडाउनका कारण जीवन धान्न धौधौ भएपछि गाउँ फर्किएको बताउँदै श्रेष्ठले गाउँमा बाँझो रहेको जमिनमा कोही गरौं भन्ने सोचका साथ कालिजपालनमा लागेको जानकारी दिए । सुरुको दुई महिनाजति खोरमा राखेर पाल्ने र त्यसपछि खुला चौरमा छाडेर पाल्ने गरिएको छ । कालिजको मासु वृद्वबवद्वा, बालबालिका, गर्भवती, सुत्केरीलगायत जुनसुकै बिरामीले पनि खानयोग्य मानिन्छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने…






