सन्ध्या : क्रान्ति र प्रतिक्रान्ती(अबुच्यूरी)


     हिसिला यमी    
     पौष २३ गते २०७८ मा प्रकाशित




सुन्दर नगरी पोखराको पहाडी क्षेत्रमा एउटा परम्परागत शैलीको घर छ । उक्त घरको एउटा सानो कोठामा जब म ब्युझन्छु म सन्ध्याको आभा महसुस गर्दछु । सन्ध्याको अर्थ दिन र रातबिचको प्रहर हो ।

यदि कसैले जनयुद्दका दिनहरुलाई स्मरण गर्नुहुन्छ भने त्यो शान्ती र युद्दबिचको अर्थको रुपमा लिन सकिन्छ । जिवन र मृत्युबिचको अर्थ पनि हो महान् जनयुद्द । अझ अर्को अर्थ अन्धकार र उज्यालोबिचको अवस्था पनि हो गौरबशाली जनयुद्द ।

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ले हालसालै आफ्नो राष्ट्रिय महाधिबेशन सम्पन्न गरेको छ । यदि कसैले माओवादी पार्टीलाई सम्झनुहुन्छ भने त्यो पुरानो र नयाबिचको अर्थ हुन आउछ । क्रान्ती र प्रतिक्रान्तीबिचको अर्थ हुन आउछ ।

एकदिन सरिताले आफ्नी छोरीको कानतर्फ जाने नसा सुक्दै गएको मेसो पाइन् । सन्ध्या त्यो बेला भर्खर ४ बर्षकी मात्र थिइन् । नसा सुक्दै जादा उनको कानले सुन्न सक्ने क्षमता गुमाउन पुगिन् । झन् पिडादायी अवस्था त फेरी ९ महिनापछि छोरीभन्दा २ बर्ष कान्छो छोराको कान पनि उसैगरी नसुनिने भयो । दादुरा र उच्च ज्वरोको कारण ।

यी दुबै घटना तब भयो जब देशमा जनयुद्द चलिरहेको थियो । सरिताको श्रीमान राजु छेत्रीलाई मिसन पत्रकार भएकै कारण राज्यले बधशालामा कठोर यातना दिदै थियो । उनको मिसन थियो बहुल राज्य, बहुसान्स्कृतिक, बहुभाषिक देश नेपालमा एकल सामन्ती ब्यबस्थाले जबरजस्ती थोपरेको झुठको पर्दाफास गर्नु । जब राजु सेनाको गजुरीस्थित ब्यारेक ब्रेक गरी उम्कन सफल भए सरिता पनि आफ्ना छोराछोरीलाई आफन्तको जिम्मा लगाई पार्टीमा होल टाइमर बनेर सकृय भइन् ।

सन् २००६ मा सरकार र माओवादीबिच भएको शान्ती वार्ताको क्रममा उनीहरुले आफ्नो बालबालिकाको उपचार गर्ने अवसर पाए । श्रवण शक्ती प्राप्त गर्न र सम्बाद गर्न उनीहरुलाई ४ बर्ष लाग्यो । बहिराहरुको लागि बनाइएको बिध्यालयबाट उनीहरुलाई सामान्य बिध्यालयमा भर्ना गर्न सम्भव भयो । उनीहरुको सामाजिकिकरण हुदै थियो तर कोभिडका कारण पुनस् कष्टकर समय सुरु भयो । उनीहरु बिध्यालय जान पाएनन् ।

त्यसैबखतमा, बहिरा बिध्यालय आवद्द शिक्षकहरुले चित्रकलामा सन्ध्याको प्रतिभा पहिचान गरेका थिए । कोभिडको बेला उनी चित्रहरु कोरिरहन्थिईन् र त्यसैमा निपुर्ण हुन चाहन्थिइन् । उनको इच्छालाई मलजल गर्ने निश्चय पनि गरे सरिता र राजुले । जसका लागि छोरीलाई उनीहरुले राजधानी काठमाडौतर्फ पठाए । पाटनमा बस्नुहुने एक महिला कलाकारको ग्यालरीमा प्रशिक्षण प्रदान गर्ने गरी नजिकै आवासको समेत ब्यबस्था गरे ।

म आफै एक आर्किटेक्ट र राजु र सरिताको निकट साथी पनि भएको नाताले सन्ध्यालाई भेट्न आर्ट ग्यालरीमा गएको थिएं । मैले त्यहा उनलाई चित्रकलामा असाध्यै कृयाशिल हुनुका साथै खुसी भएको पाएं । उमेर फक्रदै जादा उनले चित्रकलामा नया शिप प्राप्त गरिरहेकी थिइन् । उनको आफ्नै सिर्जनाहरु असाध्यै रङ्गिनमय थिए । पृष्ठभुमी थाहा भएको हुदा मैले उनलाई झन् धेरै स्नेहका साथ हौषला दिए ।

सन् २०२१ को जुलाई महिनामा मैले एक्कासी सन्ध्याले पोखरास्थित आफ्नै घरमा आत्महत्या गरेको खबर पाएं । उनी भर्खर २१ बर्षकी थिइन् । म स्तब्ध भए । म त्यसबखत कोभिड १९ का कारण जनमानसमा परेको स्वास्थ्य असर खासगरी घरेलु हिंसाको सन्दर्भमा लेखहरु पढ्दै र लेख्दै थिएं । बिशेषत : फरक क्षमता भएका ब्यक्तिहरु खासगरी महिलाहरुलाई कसरी असर पुर्याइरहेको छ भन्ने बिषय अध्ययन गर्दै थिएं । मैले सोचेकै थिइन मेरै साथीहरुको परिवारमै यस्तो घटना घट्छ । पाटनस्थित बिबाहित एबम सन्तान समेत भएको घरधनीले सन्ध्यालाई दुर्ब्यवहार गरेका रहेछन् भन्ने कुरा मैले थाहा पाएं । यो थाहा पाउने बित्तिकै तत्काल राजु र सरिताले सन्ध्यालाई पोखरा बोलाएछन् । घर पुगेको हप्तादिनभित्रै सन्ध्याले आत्महत्या गरिन् । शोकाकुल राजु र सरिता जो निष्ठावान मार्क्सबादी भएपनि सान्त्वना प्रदान गर्न साथीहरुले ॐ शान्तीमा लगेछन् ।

हालसालै पार्टी निर्माण अभियानका क्रममा गण्डकी प्रदेश जादा धेरै दिन उनीहरुको घरमा बस्ने सुअवसर प्राप्त भयो । मलाई सन्ध्याकै आरामदायी कोठा उपलब्ध गराइयो । सरिता र राजुको उक्त घरका भित्ताहरुमा सजाइएका सचित्रहरुले सन्ध्याको सम्झना गराइरहन्छन् । प्रत्येक बिहान जब म उठ्थें बिस्तारा नजिकको एउटा ठुलो फ्रेमभित्रको तैलिय चित्रकला देख्दथें । मलाई उक्त चित्रले चिन्तनशिल बनाउदथ्यो । चित्रले एउटा किशोर नदी, जङ्गल र जनावरका माझ ध्यानमुद्रामा बसिरहेको छ । चिन्तनशिल बुद्द बादलबाट प्रकट भई किशोरलाई आशिर्वाद दिएको देखिन्छ । यो तस्बिर उनको सम्झनामा सिर्जना गरिएको थियो । प्रत्येक भित्तामा सन्ध्याका तस्बिरहरु सजाइएका थिए । कोठामा रहेको क्याबिनेटमा उनका नेल पोलिस, सनब्ल्क क्रिम, तेलको डिब्बा थिए । कोठाको एउटा कुनामा उनका सिर्जनाका अभ्यास पुस्तिकाको खात थिए । यी अभ्यास पुस्तिकामा मैले नजर लगाउदा उनले कार्टुनदेखी जटिल चित्रहरु मिहेनतका साथ कोरेको पाएं ।

पेन्सिलको सहायताले एउटा किशोरीको उनले बनाएको चित्रले मेरो ध्यानाकर्षण गरायो । उक्त चित्रमा एक किशोरी मास्क लगाएर आशुको थोपा खसालिरहेकी थिइन् ।

क्याप्सनमा लेखिएको थियो ,” तिमीले कसैलाई भन्यौ भने ……!!!!
बिशेषत उनले भित्तामा कोरेको एउटा रुखको अर्को तस्बिरतिर मेरो ध्यान गयो । रुखमा मज्जाले मच्चिरहेको पिङ थियो । यो चित्रको अर्थ सायद कसैलाई उनले ठुलो स्वरमा केही सुनाइरहेकी पो थिइन् जस्तो ।

भित्तामा लेखेको पढ्नु ।

जब म बिस्तारामा सुत्छु तब सन्ध्या मलाई अङ्गाल्न आइपुग्छिन् । जिवन र मृत्युले मलाई द्रविभुत बनाउछ । अन्धकार र उज्यालोले । क्रान्ती र प्रतिक्रान्तीले ।

(लेखिका पुर्ब मन्त्री हुनुहुन्छ । उहालाई hisila.post@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ । )


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।