धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा देवीजंग गुरुङ चयन भएका छन्।
\संस्थाको २१ औ साधारणसभा एंव छैटौ अधिवेशनले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको हो।
समितिको उपाध्यक्षमा खड्कबहादुर थापा, सचिवमा खुसीमान गुरुङ, कोषाध्यक्षमा डम्वरजंग गुरुङ छन्।
समितिको सदस्यहरुमा कल्पना थापा क्षत्री, पदममाया गुरुङ, पुजन राजभण्डारी शाक्य, खुसीमाया गुरुङ, नरबहादुर गुरुङ, लेखा संयोजकमा सनकमान सिके सर्वसम्मत चयन भएका छन्।
कार्यक्रममा उत्कृष्ठ ब्यवस्थापनतर्फ कुशल कार्की र रुपा गुरुङ, जेष्ठ सदस्यहरु थमनसिङ गुरुङ, गमवहादुर गुरुङ, गणेश गुरुङ, उत्कृठ बचत कारोवारीमध्ये शेयर सदस्य तथा एसई उत्तीर्ण बिधार्थीहरुलाई सम्मान गरिएको थियो।
साधारणसभाले संस्थागत तथा आर्थिक प्रतिवेदन पारित गरेसँगै समितिका विविध योजना अनुमोदन गरेको सचिव थिरबहादुर थापाले बताएका छन्। संस्थाको २१ करोडको कुल कारोवार रहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







