काठमाण्डौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकको विकासका लागि राजनीतिक नेतृत्वले विज्ञको ज्ञान, सीप र अनुभवलाई सदुपयोग गर्नुपर्ने बताएका छन् । राष्ट्रिय व्यापार सङ्घको १७औँ साधारणसभा एवम् नवौँ अधिवेशनको आज उद्घाटन गर्दै उनले मुलुकको नेतृत्व गर्ने राजनीतिक दलले भएको बताउँदै राजनीतिक नेतृत्वले विज्ञसँग भएको ज्ञान, सीप र अनुभवलाई लिएर अगाडि बढ्नुपर्ने बताए । “मुलुकमा राजनीतिक व्यवस्था फेरिए पनि आर्थिक, प्रशासनिक, सुरक्षा, न्यायलयजस्ता निकाय पुरानो ढङ्गले सञ्चालन हुँदा देशले सोचेको जस्तो विकासको गतिलाई अगाडि बढाउन सकेन”, उनले भने ।
उनले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरूमा आएको परिवर्तनलाई आत्मासात् गरेर राजनीतिक नेतृत्व अघि बढे मुलुकमा छिटोभन्दा छिटो विकास र समृद्धि हुने उल्लेख गरे । पूर्वप्रधानमन्त्री डा भट्टराईले कर्मचारीमा मुलुकलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढ्न राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए । अर्थतन्त्रको विकासका लागि व्यवसायीहरूले पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
पूर्वसचिव कृष्णहरि बाँस्कोटाले अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरबीच एकापसमा सहकार्य हुन नसक्दा मुलुकको अर्थतन्त्रले गति लिन नसकेको बताए । “कोभिड–१९ ले थला परेका व्यवसायीलाई आफ्नो कार्य क्षेत्रबाट पलायन हुन नदिन विश्वका कैयौँ मुलुकले करमा छुट दिएका छन्, नेपालले पनि यस्ता कार्यहरू पछ्याउन सके व्यवसायीलाई केही राहत हुन सक्थ्यो,” उनले भने । पूर्वसचिव बाँस्कोटाले चीनसँग व्यापार गर्ने व्यवसायीले नाकामा ठूलो समस्या भोग्नुपरेको भन्दै व्यापार सहजको वातावरण निर्माणका लागि सरकारले पहल चाल्नुपर्ने बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







