rbt
प्रेस चौतारी नेपाल तनहुँ शाखाले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कारबाट जिल्लाका प्रकाशचन्द्र भट्टराई र बसन्ती बास्तोला पुरस्कृत भएका छन् ।
प्रेस चौतारी तनहुँको बुधबार सम्पन्न ९ औं जिल्ला अधिवेशनका अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो।
नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ, निवर्तमान अध्यक्ष केदार सिग्देल, एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले उक्त पुरस्कार प्रदान गरे। पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको छ। पत्रकार भट्टराई प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य र बास्तोला सञ्चारिका समूह नेपालका केन्द्रीय सदस्य हुन्।
शाखाका पूर्व अध्यक्षहरु शिवदत्त ढकाल, प्रेमप्रसाद पौडेल र त्रिभुवन श्रेष्ठलाई समेत सम्मान गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४३…





