पोखरा ।
जीवन भरी खान पुगोस्, अप्ठ्यारोमा परेकालाई दिन पुगोस् भन्ने नाराका साथ मिर्गौला रोगबाट पिडित डण्डबहादुर जिसीलाई सहयोग गर्न परिवारले अपिल गरेका छन् ।
पर्वत फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा निवासी जिसी विगत ३÷४ वर्षदेखी मिर्गौला रोगले ग्रसित भई उपचार गराउँदा धेरै धनराशी खर्च भई घरबार विहिन भए पछि सहयोगको याचना गरिएको हो ।
उनका एक श्रीमती, एक छोरा, एक छोरी रहेका छन् । आर्थिक स्थिति अत्यन्तै कमजोर भएका जिसीलाई सहयोग गर्न इच्छुक संघसंस्था, व्यक्तिहरुले उहाँकी श्रीमती रेजिना भण्डारी जिसीको नाममा रहेको मुक्तिनाथ विकास बैंक शाखा फलेवासको खाता नं. १३८२२३००७६६१०३०००००१ मा सहयोग गर्न सक्नु हुनेछ भने फोन नं. ९८६७६१५०५५ मा सम्पर्क गर्न सकिनेछ ।
जिसीको दुवै मिर्गौला प्रत्यारोपण गर्न करिब २० लाख लाग्ने भएपनि हालसम्म कार्कीनेटा पौडेल कुल पुजा समितिबाट ३१ हजार ८ सय ७५, पैंयु गाउपालिकाबाट २० हजार, लक्ष्मी ठकुरी र मुना भुषालबाट १०÷१० हजार, उज्ज्वल गुरुङ, यम हमाल, खड्गप्रसाद कार्की र तेज उच्चैबाट ५÷५ हजार पाँच सय, सनम वेगम र राधिका वस्ताकोटाबाट ५÷५ हजार लगाएतबाट १ लाख मात्र जम्मा भएको परिवारले जानकारी गराए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल गनेशले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन…





