
अवैध सुन र पक्राउ परेका विश्वकर्मा र सुनार
पोखरा, माघ ४
पोखरामा करीब ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ परेका छन् । अवैध सुन लिएर हिंडिरहेका दुई जनालाई कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३० पावरहाउसचोकमा चेकजाँचका क्रममा पक्राउ गरेको हो । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर ७ का २० वर्षिय अम्मर विश्वकर्मालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विश्वकर्माको साथबाट २० तोला ४३ लाल ८ प्वाइन्टको ३ थान सिक्री बरामद गरिएको छ ।
त्यस्तै, काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको माइक्रो बसमा सवार म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ घर भएका २९ वर्षिय अंकित सुनारलाईपनि पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुनारको साथबाट ५ थान सिक्री, १ थान औंठी र एक जोर रिङ गरेर कुल २१ तेला ९० लाल ३ प्वाइन्ट अवैध सुन बरामद गरेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको डिएसपी तिवारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







