पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, खाना पकाउने ग्यासको मूल्य यथावत


     एभरेस्ट आवाज    
     माघ ५ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । नेपाल आयल निगमले बुधबार रातीबाट लागु हुनेगरि पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ ।

निगमले बुधबार मध्यरात १२ बजेबाट लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको साबिकको मुल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । यस्तै आन्तरिक हवाई ईन्धनमा पनि साविकको बिक्रि मूल्यमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गर्दै प्रतिलिटर १०६ रुपैयाँ पुर्याएको छ ।

मूल्य वृद्धिसंगै अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । यस्तै निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।

पछिल्लो पटक मिति २०७८ कात्तिक २४ गते मूल्य समायोजन भएको थियो ।

यस्तै अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।