
पोखरा, माघ १६
एक केजी बढी अवैध सुनसहित पोखराबाट एक जना पक्राउ परेका छन् । कास्कीको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर ३० स्थित पावरहाउसबाट अवैध सुनसहित एक जनालाई शनिबार राती पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १५ बस्ने २५ वर्षिय रमेश सुनार रहेको कास्की प्रहरीले जनाएको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको माइक्रो बसमा सवार उनलाई १ केजी ८ ग्राम सुन तथा विभिन्न बैंकका ३ थान चेकबुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए ।
पक्राउ गरिएका सुनारलाई अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको डिएसपी तिवारीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







