गण्डकी प्रदेशभर सवारी साधनमा आजको मितिदेखि नयाँ भाडा दर कायम गरिएको छ।
सवारी साधनको प्रकृतिअनुसार फरक फरक भाडा दर तोकिएको छ।
जसअनुसार एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर प्रतिव्यक्ति ३.१० रुपैयाँ निर्धारण गरिएको छ।
जीपमा प्रतिकिलोमिटर साढे ५ रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११.७२ रुपैयाँ तोकेको छ। सिटी बसमा चढ्दा पहिलो ३ किलोमिटरभित्र २० रुपैयाँ र ३ किलोमिटरपछि प्रतिकिलोमिटर साढे २ रुपैयाँ भाडा दर तोकेको छ। २० किलोमिटरभन्दा बढी सवार गरेमा भने प्रतिकिलोमिटर साढे २ रुपैयाँ लाग्नेछ।
ट्याक्सीमा चढ्दा फ्ल्यास डाउनमा ८० रुपैयाँ तिरेर २ सय मिटरभित्र चल्दा थप शुल्क लाग्ने छैन। २ सय मिटर कटेपछि प्रति पल्स (प्रत्येक २ सय मिटर) मा थप १० रुपैयाँ थपिनेछ। त्यस्तै, ट्याक्सीमै १५ किलोमिटर कटेपछि प्रतिकिलोमिटर ३७.५ रुपैयाँ भाडा लाग्नेछ।
गण्डकी सरकारले प्रदेशभित्र चल्ने सवारी साधनको छुट्टै गाडी भाडा तोकेको हो। संघ सरकारले २८ प्रतिशत भाडा बढाएपछि आफ्नो अधिकार क्षेत्रभित्र प्रदेशले भाडा समायोजन गरेको हो। सिफारिस समितिको सिफारिसमा सरकारले २ साताअघि भाडा बढाउने निर्णय मन्त्रीपरिषद्बाट गरिसकेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







