पोखरा । कास्की दुध व्यवसाय संघ कास्कीको आइतबार वसेको वैठकले दुध तथा दुग्ध पदार्थमा मुल्य वृद्धि गरेको छ । निर्णय अनुसार किसानहरुको व्यावसायिक उत्पादनमा पर्न गएको लागत मूल्यमा भएको वृद्धिले गर्दा सम्पूर्ण उत्पादनमा लागेका व्यावसायिक किसानहरुलाई व्यवसाय संचालनमा पर्न गएको विविध समस्याहरुका कारण मुल्य वृद्धि गरिएको हो ।
साथै संघले आइतवार एक प्रेश विज्ञप्ती प्रकाशित गरी नेपाल सरकारले २०७८ माघ १७ गते दुधमा गरेको मूल्य वृद्धिलाई पनि मध्यनजर राख्दै यहि मिति २०७८ फागुन ०५ बाट लागु हुने गरी बढेको जनाएको छ ।
संघका अध्यक्ष विरेन्द्र भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा दुध तथा दुग्ध पदार्थको मूल्यमा ७०% किसानहरुलाई र ३०% व्यवसायीहरुलाई रहने गरी दुधको मूल्य वृद्धि भएको निर्णय गरिएको तथा यसबाट उपभोक्ता वर्गमा पर्न गएको असुविधा प्रति कास्की दुध व्यवसायी संघ क्षमा प्रार्थी भएको वताएको छ ।
फ्याट ६÷एसएनएफ ८ भएको भैसीँको दुध प्रतिलिटर एक सय ३० रुपैया, फ्याट ५÷एसएनएफ ८ भएको भैसीँको दुध प्रतिलिटर एक सय २० रुपैया, फ्याट ४÷एसएनएफ ८ भएको गाईको दुध प्रतिलिटर एक सय, नौनी ध्यु प्रतिकेजी नौ सय, पनिर प्रतिकेजी आठ सय, कुराउनी प्रतिकेजी एक हजार, चिज प्रतिकेजी एक हजार एक सय, ध्यु प्रतिलिटर एक हजार एक सय, सादा दहि प्रतिलिटर एक ४०, वट्टा दहि (स्पेशल) प्रतिलिटर एक सय ७० मुल्य कायम गर्ने निर्णय गरिएको सचिव जमुना ढकालले वताईन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







