धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ।
स्वीकृति पाउने वित्तिकै आईपीओ जारी गर्ने गरी तयारी गरेको संस्थाले लनाएको छ।
संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने ३ लाख कित्ता आईपीओ जारी गर्ने जनाएको छ। आईपीओ जारी गर्न यस अघि नै संस्थाले सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।
धौलागिरी लघुवित्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको इजाजपत्र प्राप्त गरी २०७५ फागुन १ गतेदेखी वित्तीय कारोबार गर्दै आइरहेको संस्था हो। यसले नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरू मार्फत कूल १९१ जना कर्मचारी परिचालन गरी ३४,४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ।
सोही अवधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानीतर्फ १ अर्ब ४४ करोड, निक्षेप संकलनतर्फ ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी ६१ करोड ८० लाख रहेको छ।
हाल चुक्ता पुँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निष्कासन भए पश्चात् १० करोड चुक्ता पुँजी कायम हुनेछ। हाल जगेडा तथा कोषहरूतर्फ कूल १० करोड ३८ लाख रहेको छ।
आर्थिक वर्ष २०७७/०७८ को आषाढ मसान्तसम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा २ करोड ६० लाख रहेकोमा पुस मसान्तसम्म आइपुग्दा उक्त वितरण योग्य मुनाफा ४ करोड ९ लाख पुगेको छ।
आर्थिक वर्ष २०७७/०७८ को मसान्तमा प्रतिशेयर आम्दानी ५०।१२ भन्दा बढी कायम गरेकोमा पुस मसान्तसम्ममा आइपुग्दा ६१.४५ प्रतिशेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले जानकारी दिएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







