महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर आइपीओ निष्कासन गर्ने प्रकृया अघि बढाएको छ।
कम्पनीले जारी पूँजी २ अर्ब रूपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण सेयर आइपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले आइपीओ निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। उक्त सम्झौतापत्रमा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







