महिलाहरुका लागी जुत्ता चप्पल बनाउने तालिम


     एभरेस्ट आवाज    
     फागुन १० गते २०७८ मा प्रकाशित




पोखरा । महिला उद्यमशिलता, क्षमता वृद्धिको लागि एक हप्ते जुत्ता चप्पल बनाउने तालिम मङ्गलबारदेखि पोखरामा सुरु भएको छ । जाल्पादेवी महिला उद्धार समुह सिमलचौर पोखराको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ८को सहयोगमा स्थानीय महिलाहरुका लागि तालिम आयोजना गरिएको अध्यक्ष राधिका थापाले बताए ।

तलिमको शुभारम्भ गर्दै वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले वडामा रहेका महिलाहरुलाई आत्मनिर्भर गराउने उद्देश्य अनुसार ११ सय भन्दा बढीलाई विभिन्न तालिममा सहयोग गरिदै आएको बताए । कार्यक्रममा वडा सदस्य कृष्णमान ठुसाजु, किरण गौतम, सृजना विकास केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर थापा, जाल्पादेवी टोल समितिका अध्यक्ष विश्वकुमार विजुक्छे, सृजना महिला सहकारीका अध्यक्ष शुष्मा पहारी, संस्थापक अध्यक्ष शारदा सुवेदी, पूर्व अध्यक्ष पवित्रा के।सि। लगायतले तालिममार्फत समूह पहिचान गरी व्यवसायिक उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए ।

समूहका अध्यक्ष राधिका थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षक गोविन्द नेपाली, उपाध्यक्ष दुर्गा अधिकारी, सचिव अमृता गिरीले तालिमको बारेमा आ–आफ्ना धारणा राखेका थिए । वि।सं। २०५३ मा स्थापित समूहमा ५०० भन्दा बढी महिला सदस्यहरु रहेको र समूहमार्फत शिक्षा, स्वास्थ्य लगायतका विभिन्न तालिमा गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।