हितैषी बचत तथा ऋण सहकारीको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०७८ मा प्रकाशित




पोखरा । हितैषी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको नेपाल केन्द्रिय सहकारी संघका वरिष्ठ साहायक सूर्यप्रसाद तिमिल्सिनाले कार्यक्रमको उद्घाटन गरे ।

संस्थाका अध्यक्ष शेर बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहाकार लिलाधर आचार्य, विष्णु लामिछाने, क्याप्टेन बुद्धिबहादुर गुरुङ लगायतले बोलेका थिए ।

संस्थाका बारेमा कार्यालय व्यवस्थापक शान्ती अधिकारी र सहकारीको बारेमा अध्यक्ष कार्कीले जानकारी गराएका थिए ।

कार्यक्रममा सहकारीको अर्धवार्षिक बजेट ,सहकारीको भाबी योजना लगायतका विषयमा अन्तरक्रिया गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।