पाल्पाली सहकारीको प्रशिक्षण


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०७८ मा प्रकाशित




पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले पोखरामा शनिबार सहकारीसम्बन्धी प्रशिक्षण दिएको छ ।

संस्थाका संचालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्जा उपसमिति, शिक्षा उपसमितिका सदस्य, सल्लाहकार, कर्मचारीलाई व्यावसायिक ज्ञान, सीप, क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सहकारीविषयक प्रशिक्षण भएको हो । प्रशिक्षणमा करिब ३० जनाको सहभागिता थियो ।

उनीहरुलाई पोखरा रोयल सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत समेत रहेका पोखरा महानगरपालिका सहकारी समिति सदस्य भीम गुरुङले प्रशिक्षण दिएका हुन् । उनले सहकारीको रणनीतिक व्यवस्थापन, सहकारीका प्रकार र फाइदा, सहकारी र अन्य व्यवसायबीच भिन्नता, सांगठानिक, भौतिक, मानव संशाधन व्यवस्थापन, नेतृत्वले थाहा पाउनुपर्ने विषय, सहकारीमा उपलब्ध सेवा, पर्ल लगायतबारे पनि जानकारी दिए ।

सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रेशम रचकले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।