पोखरा । सुदुर पश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री सहितको टोलीलाई गण्डकी प्रदेशको अर्थ मन्त्रालयले प्रदेश राजधानि पोखरामा स्वागत गरेको छ । अन्तर प्रदेश अवलोकन भ्रमणमा निस्केको उक्त टोलीलाई अर्थ मन्त्रालयले बुधबार मन्त्रालयमै स्वागत गरेको हो ।
सुदुर पश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ बहादुर सुडारी, आर्थिक मामिला मन्त्री तारा लामा तामाङ, राज्य मन्त्री माया तामाङ बोहरा लगायतको टोलीलाई गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले खादा लगाउदै स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका अर्थ मन्त्री जीवनले आन्तरिक श्रोतको बृद्धि गरी प्रदेश सरकारलाई दिगो रुपमा स्थापना गर्नुपर्नेमा जोड दिए । संघियता बिरोधी भएका टिप्पर्ढी र आलोचनालाई विफल पार्न प्रदेश सरकारहरुले आन्तरिक पुंजिको बृद्धि गर्नुपर्ने उनको भनाई थियो । संघियतामा रहेकाहरुमा अझै एकात्मक सोच भएकोले त्यसको बिरुद्ध प्रदेश सरकारहरु एक हुनुपर्ने मन्त्री बरालले बताए ।
सुदुर पश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ बहादुर सुडारीले बजेट निर्माणको क्रममा बजेटको सिमा समेत नाघ्नुपर्नेे अबस्था सृजना भएको बताए । आन्तरिक राजश्व बृद्धि गर्नु मुख्य चुनौती रहेको उनले बताए । गण्डकी प्रदेशबाट आफुहरुले जलबिद्युत, पर्यटन लगायतका धेरै कुरा सिक्ने मौका पाएको मन्त्री सुडारीले बताए । आर्थिक मामिला मन्त्री तारा लामा तामाङले राजनीतिक कमजोरीका कारण योजना दोहोरीने गरेको बताए । स्थानिय, प्रदेश र संघिय सरकारले के कस्ता योजनालाई प्रथामिकता दिनुपर्ने सोको बारे प्रष्ट हुनुपर्ने उनले बताए ।
गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले साझा समस्याको रुपमा टुक्रे योजनाहरु रहेको बताए । उनले गण्डकी प्रदेशमा १८ बर्ष माथिका सवै व्नागरिकहरुमा कोरोना बिरुद्ध खोप उपलब्ध गराईएको दाबी गरे । सुदुर पश्चिम प्रदेशका प्रमुख सचिव रामेश्वर दंगालले बजेटको बारेमा जति नै छलफल तथा अन्तरक्रिया गरे पनि अन्तिम एक सातामा बजेट बनाउने पुरानो संस्कारले योजना कार्यान्वयनमा समस्या आएको बताए ।
अर्थ मन्त्रालयका सचिव बैकुण्ठ प्रसाद अर्यालले प्रदेशको बारेमा प्रस्तुती राखेका थिए , भने सुदुर पश्चिम प्रदेशका आर्थिक मामिलाका सचिव जितेन्द्र बस्नेतले समेत आफ्नो प्रदेशको बारेमा प्रस्तुती राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







