
पोखरामा हत्या गरेर फरार तीन युवा पक्राउ परेका छन् । पोखरा–२० मौजामा महाशिवरात्रीको अवसरमा फागुन १९ गते स्थानिय क्लवले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा स्थानिय लामगाडाका ३५ वर्षिय चोकेन्द्र गुरुङलाई चक्कु प्रहार गरी हत्या गरेर फरार भएका ३ युवा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा स्थानिय लामडाँडाका २९ वर्षीय प्रकाश गुरुङ, पोखरा–१३ लामाखेतका २५ वर्षीय निशान गुरुङ र पोखरा २० लामाखेतका ३० वर्षीय डिलबहादुर गुरुङ भनिने प्रिमस रहेका छन् । उनीहरुलाई घटना भएको एक दिन भित्रै पक्राउ गर्न सफल भएको प्रहरीले दाबी गरेको छ । फागुन १९ गते विहान घटना भएको र त्यसको भोलिपल्ट फागुन २० गते विहान ७ बजे नै उनीहरुलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक ९डिएसपी० सुन्दर तिवारीले बताए ।
पक्राउ परेकाहरु माथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान जारी राखेको डिएसपी तिवारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






