सार्वजनिक विदा सम्बन्धमा भ्रम फैलाइयो: गृह मन्त्रालय


     एभरेस्ट आवाज    
     फागुन २१ गते २०७८ मा प्रकाशित




सार्वजनिक विदा सम्बन्धमा भ्रम फैलिएको भन्दै गृह मन्त्रालयले ध्यानाकर्षण भएको बताएको छ।

शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दे मन्त्रालयका उपसचिव सूचना अधिकारी वसन्त भट्टराईले सार्वजनिक विदा सम्बन्धमा प्रकाशन भएका समाचारप्रति ध्यानाकर्षण भएको बताएका हुन्।

सूचना अधिकारी भट्टराईले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि दिइने सार्वजनिक बिदा सम्बन्धमा राजपत्रमा प्रकाशित सूचना आधिकारिक हुने हुँदा भ्रामक समाचारको विश्वास नगर्न अनुरोध गरेका हुन्।

‘विगत केही दिनदेखि विभिन्न संचार माध्यमममा सार्वजनिक विदाका सम्बन्धमा प्रकाशन भएका भ्रामक समाचारप्रति यस मन्त्रालयको धयानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि दिइने सार्वजनिक विदाका सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाल राजपत्रमा सूचना प्रकाश गरिने हुँदा उक्त राजपत्रमा प्रकाशित सार्वजनिक विदा नै आधिकारिक हुने भएकोले त्यस्ता भ्रामक, कपोकल्पित समाचारप्रति विश्वास नगर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।