सफल सहकारीको पोखरा वृद्धाश्रमलाई सहयोग


     एभरेस्ट आवाज    
     फागुन २१ गते २०७८ मा प्रकाशित




पोखरा । विपन्न, असहाय एवम् अपहेलीत समाजका जेष्ठनागरिकको सहारा बन्दै आएको पोखरा बृद्धाश्रमलाई सफल बचत तथा ऋण सहकारी संस्था पोखरा १७ ले आर्थिक सहयोग गरेको छ ।

संस्थाको १५ औं स्थापना दिवसको अवसरमा आज बृद्धाश्रम परिसरमा आयोजित एक समारोहका बीच २० हजार १५५ रुपैया आश्रमको सहयोगार्थ आर्थिक सहयोग गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीका अध्यक्ष बासुदेव पौडेलले उक्त रकम बराबरको चोक आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सफल सहकारीका संस्थापक अध्यक्ष अनिल शाहीले संस्थाले आश्रममा आश्रित जेष्ठनागरिकको सहयोगार्थ आर्थिक सहयोग सामाजिक उत्तरदायित्व पुरा गरेको उल्लेख गरे ।

वृद्धाश्रममा रहेका कतिपय जेष्ठनागरिकको नेपाली नागरिकताको प्रमाणपत्र समेत नभएको सुन्दा आफुलाई दुःख लागेको बताउँदै उनले त्यसका लागि आवश्यक कानूनी प्रकृया मिलाएर नागरिकता प्रदान गर्न आप्mनोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव अधिकारीका अनुसार सो संस्थामा हाल ७ जना आमाबुवाको नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट समेत बञ्चित रहेको जानकारी गराए ।

बिभिन्न संघसंस्था एवम् व्यक्तिहरुको सहयोगले नै आश्रम सञ्चालन भएको उल्लेख गर्दै उनले आगामी दिनमा आश्रममा आश्रित जेष्ठनागरिकलाई उत्पादनसंग जोडने खालको योजना अघि सारेको बताए । आश्रममा हाल ५५ जना बृद्धबृद्धा तथा सेवकसेवीका रहेका छन् ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष पबित्रा जिसीले यसअघि नेपाल रेडक्रम सोसाईटीको कास्की शाखाद्वारा निर्माणाधीन रेडक्रस भवनको लागि २५ हजार तथा मानवसेवा आश्रम छोरेपाटनलाई एक छाक खाना बरावर १७ हजार ५०० रुपैया आर्थिक सहयोग गरेको स्मरण गराइन् ।

सो अवसरमा सहकारीका सञ्चालक समिति, सल्लाहकार, बिभिन्न उपसमितिका संयोजकहरु, वृद्धाश्रम व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु, आश्रित आमाबुबाहरुको सहभागिता रहेको सहकारीका सचिव गणेश श्रेष्ठले जानकारी दिए । सहकारी संस्थामा हाल ५०० भन्दा बढी शेयर सदस्यले आठ करोड भन्दा बढीको कारोवार गर्दै आएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।