पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्राविधिक शिक्षाले विद्यार्थी र विद्यालयको समेत भविश्य राम्रो हुने बताएका छन् । पोखरा २२ (पुम्दी भुम्दी) मा रहेको शुक्रराज माविको बुधबार पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले अहिलेको समयमा प्रविधिक शिक्षाले विद्यार्थी र विद्यालयकै भविश्य उज्जवल हुने बताएका हुन् ।
शिक्षाको नाममा विभिन्न ठाँउमा स्थापन भएका विद्यालयहरुको दिगोपनको लागि अब पुनः सोच विचार गरेर विद्यालयहरुलाई मर्जको सिस्टममा लैजानुपर्ने उनले जनाए । शुक्रराज जस्तै विद्यालयको पकेट क्षेत्र नहुदा विद्यार्थी तानातानले शिक्षामा अस्वस्थ प्रतिष्प्रर्धा भएको मन्त्री बरालले बताए । पोखरा २२ को शैक्षिक धरोहरको रुपमा रहेको शुक्रराज माविलाई नै थप व्यबस्थित र शैक्षिक गुणस्तरको लागि सवै एक हुन जरुरी रहेको विद्यालयका पुर्व अध्यक्ष समेत रहेका मन्त्री बरालले बताए । पोखरा २२ मा तीन विद्यालयहरु माविकै रुपमा संचालन गर्नु कति उचित होला त्यसको अब बहस गर्नुपर्ने समय आएको उनको भनाई थियो । विद्यालयको दिगोपनको लागि प्राविधिक शिक्षा संचालनको पहल गरेको मन्त्री बरालले बताए ।
पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालले भेटेरेनरी शिक्षालाई प्रथामिकता दिनुपर्ने बताए ।
पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बिशाल महादेवको मुर्ति व्यबस्थित ढंगले संचालनमा आएसंगै यस क्षेत्रका विद्यालयहरुलाई समेत संचालनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पुर्व अध्यक्ष हिमलाल बरालले सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तरमा सवैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष नरहरी बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्व प्रशासक दण्डपाणि बराल, सहकारीकर्मी लक्ष्मी बराल, नेकपा एमालेका झलक प्रसाद बराल, नेपाली कागं्रेसका होम प्रसाद बराल, माओबादी केन्द्रका नवराज बराल, पूूर्व बिद्यार्थी डा.कृष्ण प्रसाद पौडेल, प्रध्यानाध्यापक नरनाथ बराल, सहप्रध्यानाध्यापक दीपकराज पौडेल, शिक्षक बालकृष्ण बराल लगायतले शैक्षिकगुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा पूर्व बिद्यार्थी बिष्णु बरालले लोकगित समेत प्रस्तुतः गरेका थिए । यस्तै विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुती राखेका थिए । विद्यालयमा हाल करिब एक सय जना भेटेरेनरी(पशुपालन) मा सहित ३ सय बढी विद्यार्थीहरु अध्ययनरत रहेको प्रध्यानाध्यापक बरालले बताए ।
३८ जना कर्मचारी सहित शिक्षकहरु रहेकोले करिब ११ जना कर्मचारी सहित शिक्षकको निजी श्रोतबाट व्यबस्थापन गर्नुपर्ने भएकोले बिद्यालयलाई बार्षीक रुपमा २० लाखको आर्थिक भार हुने गरेको उनले बताए । शहीद शुक्रराज शास्त्रीको जन्मदिन माघ १६ गते बिद्यालयको बार्षिकोत्सव मनाउदै आए पनि पछिल्लो ३ बर्ष देखि कोभिडको कारण खासै मनाउन नपाएको अध्यक्ष बरालले बताए ।
सो अवसरमा बिद्यालयलाई सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







