फाइल तस्विर ।
बागलुङ । अन्तर्राष्ट्रिय महिला दिवशको अवसर पारेर बागलुङको गलकोटमा आयोजित महिला किसानको फसल र उद्यमीका उत्पादनको प्रदर्शनीमा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको छ । महिला किसानले उत्पादन गरेका कृषि फसल ल्याएर आफ्नो सीपको परिचय दिएका थिए ।
कृषि र उद्यमी समूहमा एक प्रदर्शनीमा प्रगति एकीकृत कृषि तथा पशुपालन समूह प्रथम, लगनशील अर्गानिक किसान समूह द्वितीय र लङ्गुरे महिला किसान समूह तृतीय भएका थिए । त्यस्तै महिला उद्यमी प्रदर्शनीमा सिर्जना लघुउद्यम समूह प्रथम, छितिज डलकुसन समूह द्वितीय र सिर्जनशील लघु उद्यम समूह तृतीय भएको गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचाले जानकारी दिए ।
उत्कृष्ट ठहरिएका महिला किसानलाई गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेषलाल श्रेष्ठले पुरस्कार प्रदान गरे। उनले उद्यमीलाई प्रोत्साहनका लागि बजारीकरणमा साथ दिनुपर्ने बताउनुभएको थियो । केही समयअघि नगरपालिकाले उपप्रमुख महिला उद्यम दायित्व कार्यक्रम पनि सञ्चालन गरेको छ । उक्त कार्यक्रममा नगरभरका २० उद्यमी महिला किसानलाई पुरस्कृत गरिएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







