स्याङ्जाको भीरकोट नगरपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा बनेको छ।
गण्डकी प्रदेशको पालिकामध्येको मूल्यांकनमा भने भीरकोट छैटौं बनेको छ।
वित्तीय समानीकरणको अनुदान सिफारिसका लागि आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा भीरकोट नगरपालिकाले ७२.४६ अंक प्राप्त गरी जिल्लामै उत्कृष्ट बनेको हो।
जिल्लामा सबैभन्दा कम अंक अर्जुनचौपारी गाउँपालिकाले प्राप्त गरको छ। उसले ४८.०६ अंक प्राप्त गरेको छ। जिल्लाका ५ नगरपालिकामध्ये भीरकोटले सबैभन्दा बढी ७२.४६ र पुतलीबजारले सबैभन्दा कम ५८.९५ अंक प्राप्त गरेको छ। चापाकोटले ६५.५४, वालिङले ६४.५३ र गल्याङ नगरपालिकाले ६२.६४ अंक प्राप्त गरेका छन्।
जिल्लामा रहेका ६ गाउँपालिकामध्ये कालीगण्डकीले सबैभन्दा बढी ६५.०९ र अर्जुनचौपारीले ४८.०६ अंक प्राप्त गरेका छन्। फेदीखोलाले ६४.२५, आँधीखोलाले ६०.७०, हरिनासले ५५.६३ र बिरुवा गाउँपालिकाले ५१.९४ अंक प्राप्त गरेका छन्।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







