प्रतीकात्मक तस्बीर
मस्र्याङ्दी करिडोर २२० केभी प्रशारण लाइन आयोजनाले गोरखा तर्फ अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण प्रक्रिया अघि बढाएको छ।
लाइन बिस्तारका लागि हाइटेन्सन टावर राखिने जग्गाको आइतवार मुआब्जा निर्धारण गरेको हो।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समिति बैठकले प्रति रोपनी न्यूनतम ९ देखि अधिकतम ४० लाख रकमसम्म मुआब्जा निर्धारण गरेको हो।
बैठकले मालपोतको दररेट, चलनचल्ती, बैंक तथा वित्तिय संस्थाको लगानी, सडक सञ्जाल लगायतका मापदण्डलाई आधार मानिएको मुआब्जा निर्धारण गरेको छ।
टावर राख्नका लागि गोरखातर्फ २९ रोपनी जग्गा अधिग्रहण गरेको छ। करिडोर अन्तर्गत ६३ वटा टावर राखिने छन्। पालुङटार नगरपालिका वडा नं ३ देखि ८ र गोरखा नगरपालिका वडा नं १४ को क्षेत्रमा टावर राखिने आयोजनाले जनाएको छ।
यसअघि, १० वटा टावर राख्ने जग्गामा विवाद रहेको र जग्गाधनीसँग आवश्यक छलफल गरेर मिलाउने प्रयास भइरहेको थियो। लाइन बिस्तारका लागि टाँगिने तारमुनी पर्ने जग्गाको मुआब्जा पनि छिट्टै निर्धारण हुने उनले बताइएको छ।
मस्र्याङ्दी करिडोरका नदीमा उत्पादन हुने बिद्युतलाई लमजुङको उदिपुरबाट तनहुँको मार्किचोक हुदै भरतपुर लैजाने लक्ष्यका साथ यो खण्डमा काम भइरहेको छ। आयोजना अन्तरगत कुल १ सय १२ किलोमिटर लाइन बिस्तार हुनेछ। त्यसलाई २ खण्डमा बिभाजन गरेर काम भइरहेको छ।
लमजुङको उदीपुरबाट मार्किचोक हुदै भरतपुरसम्म ६७ किलोमिटर एक खण्ड र मनाङको धारापानीबाट लम्जुङको खुदी हँुदै उदीपुरसम्म ४५ किमी अर्काे खण्ड रहेको छ।
लाइन विस्तारका लागी उदीपुर, भरतपुर, खुदी र धारापानीमा उच्च प्रविधीको सव स्टेशन निर्माण भइरहेको छ। मस्र्याङ्दी र यसका सहायक नदीहरुमा उत्पादन हुने बिद्युतलाई एकीकृत गरेर २२० केभी प्रशारणको लाइन बिस्तार गर्न लागिएको आयोजनाले जनाएको छ । २०७२ सालबाट सुरु भएको आयोजना निर्माणको हालसम्म सव स्टेशन निर्माणतर्फ ७० र लाइन बिस्तार तर्फ ६० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







