चितवन । कोरोनाको सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक आकर्षण गर्न सौराहाको जङ्गल सफारी लजले छुटृै प्याकेज कार्यक्रम सार्वजनिक गरेको छ । अहिले तिरेरपछि उपभोग गर्न पाउने गरी ‘पे नाउ गो लेटर’ प्याकेज सार्वजनिक गरिएको हो ।
सो बमोजिम चैत महिनाभित्रमा विशेष छुटमा रकम भुक्तान गरेमा आउँदो वर्ष होटल उपयोग गर्न पाइने छ । होटलका सञ्चालक सुमन घिमिरेका अनुसार तीन रातका लागि यो अफर उपलब्ध गराइएको छ । जसमा दिन र रातको जम्मा रु चार हजार पाँच सय मात्रै तिरे सुविधायुक्त कोठा उपलब्ध हुनेछ ।
सामान्य अवस्थाको तुलनामा यो अफरमा सहभागी हुनेले ६६ प्रतिशत छुट पाएको उनको भनाइ थियो । यो अफरका लागि रकम अग्रिम भुक्तानी गर्नुपर्ने र होटलले सो रकम पाएपछि एउटा नंम्बर सहितको भौचर उपलब्ध गराइनेछ । कुपन जस्तै भौचर ग्राहकले राख्नुपर्नेछ । सो भौचर पाउन यही चैत मसान्तसम्म अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ ।
भौचर लिएर २०७९ साल वैशाख २ देखि चैत २७ सम्म जुनसुकै महिना वा दिनमा आएर बस्न सकिनेछ । कुपन भने तोकिएको समयभित्रै लिनुपर्ने र बसोबासका लागि यही मूल्यमा जहिले आए पनि हुने सञ्चालक घिमिरेले बताए । भौचरमा तोकिएको मितिभन्दा अन्य दिनमा आउने ग्राहकले एक साताअघि कोठा बुक गर्नुपर्ने हुन्छ ।
आन्तरिक पर्यटकलाई केन्द्रमा राखेर यो अफर ल्याएको उनको भनाइ थियो । गत वर्ष पनि उक्त होटलले असार र साउन महिनामा सोही अफर ल्याएको थियो । त्यतिबेला ३०० जनाले उक्त प्याकेजको सेवा लिन भुक्तानी गरेका थिए । पैँतिस कोठा भएको यो होटलमा पौडी पोखरी, एक सय जना अट्ने सभा कक्षलगायत सुविधा छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







