बागलुङ । बागलुङ, पर्वत र म्याग्दीका ५ स्थानमा एकैपटक एकै समयमा पञ्चश्रीमहायज्ञ हुने भएको छ । पञ्चकोटधामका संरक्षक कमलनयनाचार्यको अगुवाइमा बागलुङको मालिका र रायँरायँकोट, म्याग्दीको टोड्केस्थित पुलाश्रम र गौश्वारा तथा पर्वतको हम्पालमा आगामी वैसाख १ गतेदेखि ५ गते सम्म पञ्चश्रीमहायज्ञ हुने भएको हो ।
यो महायज्ञमा सबै जाति, भाषा र धर्मलाई सहभागी गर्न खुला गरिएको कमलनयनाचार्यका प्रवक्ता सुदर्शन बडालले बताए । हरेक दिन ५ वटै स्थानमा एकै प्रकृतिका अनुष्ठान र गतिविधि हुन्छन् । ती गतिविधिमा सहभागी हुन जो कसैले पनि पाउने उनले ।
हरेक दिन बिहान ७ बजे दिप प्रज्वलन, ८ बजेदेखि ९ बजेसम्म मण्डपपूजा, १० बजेदेखि १२ बजेसम्म महालक्ष्मी हवन, १२ बजेदेखि १ बजेसम्म विश्राम, १ बजेदेखि ३ बजेसम्म सङ्कीर्तन, ३ बजेदेखि ४ बजे हवन, ४ बजेदेखि ४।३० बजेसम्म प्रसाद वितरण हुनेछ ।
साथै ती स्थानमा गएर रातभर ध्यान गर्नेलाईसमेत खुला भएको उनले जानकारी दिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







