ग्रीन भेञ्चर्स लिमिटेडले आईपीओ खुला गरेको छ।
आईपीओमा आउँदो शुक्रवारसम्म आवेदन दिन सकिनेछ।
११ गतेसम्म सबै सेयर बिक्री नभएमा आउँदो २२ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले प्रतिशेयर एक सय अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो।
निष्काशन गरिएको शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार सात ५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। यस्तै, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले ओखलढुंगामा लिखु–४ जलविद्युत् आयोजना (५२ दशमलव ४ मेगावाट) को निर्माण कार्य २०७८ पुस ३० गते सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा…





