पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा महिलालाई आत्मनिर्भर बनाउन ढाका बुनाइ तालिम सुरु भएको छ । वडा नं १ हुँगीका महिलालाई लक्षित गरी आयआर्जन बढाउने उद्देश्यले दुई महिने तालिम आयोजना सुरु गरिएको हो ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत ढाका बुनाइ तालिम सुरु भएको वडा सचिव हरिप्रसाद भण्डारीले बताए । त्यहाँका १५ महिला तालिममा सहभागी छन् । तालिममा सिकेका सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बनाउन महिलालाई सीपमूलक तालिम उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
सहभागीलाई मेसिन, धागो, प्रशिक्षकलगायत खर्च व्यवस्थापन गाउँपालिकाले उपलब्ध गराएको छ । घरायसी कामधन्दासँगै फुर्सदको समयमा ढाका कपडा बुनेर आर्थिकस्तर उकास्न सकियो भने महिला परनिर्भरता हट्ने महिला सञ्जाल रम्भाका अध्यक्ष कुविजा अर्यालले बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी एकताको लागि संस्थापन पक्ष गम्भिर नभएको…





