काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ११ सय र चाँदीको मूल्य २५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
मंगलबार एक लाख तीन सय रुपैयाँ प्रतितोलामा छापावल र ९९ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । आज चाँदीको कारोबार मूल्य १३ सय ७० रुपैयाँ तोकिएको छ । मंगलबार १३ सय ९५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी एकताको लागि संस्थापन पक्ष गम्भिर नभएको…





