पोखरा १०, चैत
पोखरा १८ स्थित सराङकोटबासीले पिउने पानीको सुविधा प्राप्त गरेसँगै अब सडक निर्माण गर्न माग गरेका छन् । निर्वाचनका बेला पिउने पानीको सुविधा उपलब्ध गराउने भनी सराङकोटबासीलाई दिएको वचन पुरा गरेका गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) समक्ष स्थानियले अब सडक निर्माण गर्न माग गरेका हुन् ।
सराङकोटमा बुढी मुल लिफ्टीङ खानेपानी योजना, स्याउदे सिमलवोट खानेपानी लगायतका योजना सम्पन्न गर्न करिब ६ करोड ३३ लाख रुपैया विनियोजन भएको थियो भने बाँकी दुई तोरीपानी खानेपानी योजना र ग्यारजाति खानेपानी योजना हाल निमार्णाधिन अबस्थामा रहेका छन्। निर्माण हुदै गरेका दुई वटा योजनामा करिब ९५ लाख रुपैया बजेट विनियोजन भएको छ ।
स्थानियसंगको भेटघाट कार्यक्रममा बोल्दै माओबादी केन्द्रका नेता समेत रहेका अर्थमन्त्री बरालले पर्यटकीय क्षेत्र सराङकोटमा पानीको चर्को समस्या भएकोले त्यसको व्यबस्थापन गर्न आफुले पहल गरेको बताए । स्थानियको माग अनुसार अब सडक निर्माणमा जनताको आवश्यकताको आधारमा सडक निमार्णमा बिषेश पहल गर्ने मन्त्री बरालले बताए ।
भकुण्डे, अर्मजा, तोरीपानी लगायतको सडक निर्माणमा पहल गर्ने बताउदै मन्त्री बरालले जनताको असल जनप्रतिनिधि हुन मेहेनत गरिरहेको बताए । संघिय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि माओबादी केन्द्रले मात्र गर्न सक्ने भएकाले माओवादीको नेतृत्व आवश्यक भएको उनको भनाई थियो । प्राप्त उपलब्धिलाई खारेज गर्नेतर्फ एमाले अध्यक्ष केपी शर्मा ओली उद्यत भएकोले गठबन्धन आवश्यक भएको मन्त्री बरालको भनाई थियो ।
माओबादी केन्द्रका नेता राजु शर्मा तिमिल्सिनाले सांसददेखि मन्त्री रहँदासम्म बरालले सराङकोट क्षेत्रमा पुररयाएको योगदानको प्रशंसा गरे । अर्को नेता टिकाराम तिमिल्सिनाले मन्त्री बरालको पहलमा पानीको सहज व्यबस्था भएसँगै गाउँ फर्क अभियान समेत सुरु भएको बताए ।
नेकपा माओबादी केन्द्र पोखरा १८ का अध्यक्ष पुर्णाखर तिमिल्सिनाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबिच नेकपा माओबादी केन्द्र पोखरा १८ को तोरीपानी टोल कमिटिको अध्यक्षमा अनन्त तिमिल्सिना, इन्चार्जमा नरबहादुर भुजेल चयन भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आज दोस्रो राष्ट्रिय कोदो दिवस। नेपालमा आज विभिन्न कार्यक्रम गरी कोदो दिवस…





