मन्त्री थापाको उदाहरणीय कार्य : तलब भत्ता समाजसेवामा खर्चिदै


     एभरेस्ट आवाज    
     चैत्र १५ गते २०७८ मा प्रकाशित




पोखरा, चैत १५

गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले आफ्नो तलव, भत्ता समाजसेवामा खर्चिदै आएका छन् । कास्की क्षेत्र नम्बर २ (क)बाट निर्वाचित सांसद थापाले उम्मेदवार हुँदा घोषणा गरेको बाचा अनुसार आफ्नो तलव, भत्ता समाजसेवामा खर्चिदै आएका हुन् । मन्त्री थापाले गत साल करीब १५ लाख रुपैयाँ समाजसेवामा खर्चिएको सोमबार पोखरामा पत्रकार भेटघाट गरी जानकारी दिए । उनका अनुसार सांसद र मन्त्रीका रुपमा तलव, भत्ता वापत गत वर्ष १३ लाख ६६ हजार ३ सय ६० रुपैयाँ २९ पैसा बैंक खातामा जम्मा भएको थियो । यसमा १ लाख २० हजार ५ सय ४७ रुपैयाँ थपेर कुल १४ लाख ८६ हजार ९ सय ७ रुपैयाँ आफूले सामाजिक कार्यमा खर्चिएको उनले बताए ।

मन्त्री थापाले समाजसेवा अन्तर्गत सडक मर्मतसम्भार, भवन निर्माण, एम्बुलेन्स खरिद, महिलाहरुको स्वास्थ्य परीक्षण, खानेपानी, सडक वत्ती, खेलकुद, गरीब, दुःखीलगायतलाई उपचारका लागि आर्थिक सहयोगलगायतमा खर्च गरेका छन् । मन्त्री थापाले ४० शिर्षकमा खर्च गरेको बताएका छन् ।

खर्च सार्वजनिक गर्दै मन्त्री थापाले राजनीति आफ्ना लागि पेशा नभई सेवा भएको बताए । ‘राजनीति मेरो लागि सेवा हो । पेशाका रुपमा कदापी लिएको छैन । मेरो व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनलाई समस्या छैन । तसर्थ राजनीतिमा लागेर आर्थिक उपार्जन गर्ने भन्दा पनि निस्वार्थ रुपमा जनताको सेवा गर्नु मेरो मुल ध्येय हो र निर्वाचित भएदेखिनै त्यसैमा प्रतिबद्ध छु’–उनले भने ।

मन्त्री थापाले पोखरा २१ निर्मलपोखरीस्थित लामाखेत ग्रामिण मोटर मार्ग मर्मत सम्भारका लागि ४७ हजार ३ सय, महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरका लागि मार्गदर्शन महिला समूह, पोखरा ११ लाई ५० हजार, बालगोपाल मन्दिरको भवन निर्माणका लागि नागरिक परोपकार समन्वय संस्था,पोखरा ३२ लाई ५५ हजार, एम्बुलेन्स खरिदका लागि सिंहनाथ टोल विकास संस्था मोहरियाटोललाई ५१ हजार, प्राकृतिक प्रकोपका कारण क्षेतिग्रस्त घर पुर्ननिर्माणका लागि पोखरा २० भलामका गोपाल परियारलाई ५३ हजार, जनजागृति आधारभूत विद्यालय पोखरा ३३ लाई खानेपानी ट्याङ्की र युरोगार्डका लागि खर्च गरेका छन् ।

त्यस्तै, पोखरा ८ र ९ का विभिन्न टोल÷स्थानमा सडकवत्ती जडानका लागि १ लाख २४ हजार, नमूना युवा क्लव र नौधारे युवा क्लवलाई खेल सामग्री खरिदका लागि २८ हजार, नयाँगाउ ँप्रतिभा टोलविकास संस्था, पोखरा १५ को भवन निर्माणका लागि २५ हजार, लौरुक युवा क्लब, डाँडापारी युवाक्लब र बाँसकोट युवाक्लब, पोखरा—२४ लाई खेल सामग्री खरिद गर्नका लागि १७ हजार, गन्दर्भ आमा समूह, पोखरा १६ लाई भाँडाकुँडा खरिदका लागि २८ हजार, पोखरा २०, घारी, भलामलाई खानेपानी पाइप खरिदका लागि ३३ हजार, अनुशासित आमा समूह, पोखरा ३३ लाई महिलाहरुको सीप विकास तथा दक्षता अभिवृद्धिका लागि २५ हजार, चिसाखोला वेदविद्याश्रमलाई २० हजार, सिद्धार्थ नमूना दिदीबहिनी समूह, पोखरा १७ लाई कुर्सी खरिदका लागि २५ हजार, मोहरिया परियार समाजलाई लोकबाजा खरिदका लागि ३० हजार, उपल्लोपूँडी, तल्लोपुँडी, ठूलोपाखा, आँपुकसेरी, मालागिरी, बरपौवा, चिसापानी, बरमास्थर, भर्तीपोखरा, सिंगारेबास, जिब्रेढुंगा, सुरताङ, खैरहनी, लाम्गादी र पानीट्याङकी—पोखरा ३३ लाई खेल सामग्री खरिदका लागि ६७ हजार ५ सय, पोखरा १६, तुम्केगल्र्याङमा खोपानी पाइपका लागि ६५ हजार, शन्तबहादुर वि.क, पोखरा २० लाई ६ हजारको शैक्षिक सामग्री, प्रतिभा मार्ग, पोखरा ८ लाई कन्भेक्स मिरर जडानका लागि १५ हजार, आँटीघर मछाप हातिगौँडा समाज, पोखरा २० लाई समाजको भवन निर्माणका लागि ३० हजार, हंसपुर एग्रो फार्म, रुपागाउँपालिका ७ लाई १० हजार बराबरको कृषि सामग्री सहयोग गर्न खर्च गरेका छन् ।

यसैगरी नवजागरण युवाक्लब, पोखरा २८ लाई २० हजार, लिलाकुमारी थापा, पोखरा २१ लाई ३०हजार बराबरको कृषि सामग्री, विरेन्द्र स्मृतिपार्क संरक्षण समिति, पोखरा ३ लाई पार्क सौन्दर्यकरणका लागि ५ हजार, पृथ्वीनारायण क्याम्पसको कानून संकायका विद्यार्थीलाई बहसमूलक कार्यक्रम गर्नका लागि १० हजार, मानव अधिकार तथा शान्ति समाजलाई १० हजार, नयाँबजार युवा क्लव पोखरा, पोखरा ९ लाई खेल सामग्री खरिदका लागि २१ ह्जार ८ सय ६०, नेपाल क्योकुशिन—कान कराँते संघलाई १० हजार, चापाकोट देउराली सामुदायिकहोमस्टे पोखरा २३ लाई १५ हजार, ज्येष्ठ नागरिक सरोकार समाज पोखरा ९ लाई ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माणका लागि १० हजार, अजय गुरुङ, पोखरा १६ लाई कृषि सामग्री खरिद गर्न २१ ह्जार ७ सय, परोपकार आमा समूह, पोखरा ३२ लाई भवन निर्माणका लागि २५ हजार, पोखरा ११, १६,२०, २१, २४, ३३ मा तारजाली र पाइप खरिदका लागि २ लाख ५६ हजार, टाइगर कप भलिबल प्रतियोगिताका लागि २५ हजार, पोखरा ८, ११, १६, पोखरा ९ (शान्तिघाट) लाई सडकवत्ती र फोकस लाईट खरिदका लागि १ लाख ४२ हजार ७ सय ५०, क्यान्सरका विरामी शिवराज सापकोटा, पोखरा ३२ लाई उपचारका लागि १० हजार, बिजयपुर युवा मञ्च पोखरा २६ लाई ७ हजार र स्टेप अप क्याम्पियन—२ का लागि २० हजार प्रदान गरेको मन्त्री थापाले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।